धरानः धरान उपमहानगरपालिका अगाडि मौन प्रदर्शन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले मौन उपमहानगरपालिकाअगाडि प्रदर्शन गरेका हुन् ।
कार्यकर्ताहरु भ्रष्टाचार विरोधी हामी बोकेको ब्यानर र भ्रष्टाचारविरुद्ध सधैं, सबै एक होऔं, कीर्ते गरी सार्वजनिक जग्गा हडप्ने कर्मचारीलाई कारवाही गर, भ्रष्टाचार गर्नेको सम्पत्ति राष्ट्रियकरण गर, भ्रष्टाचार गर्ने जो कोही होस् खुट्टा नकमाउ, एडिबीको भ्रष्टाचार छानविन गर, कर्मचारीको तहबाट हुने भ्रष्टारको अन्त्य गरलगायतका प्ले कार्ड बोकेर उपमहानगरपालिका उभिएका थिए ।
रास्वपाले हरेक सोमबार कार्यक्रम तालिकाअनुसार यसरी प्रदर्शन गर्दै आएको कार्यक्रम संयोजक ठाकुर कार्कीले जानकारी दिए । उनका अनुसार भानुचोकदेखि शुरु भएको जनचेतनामूलक अभियान अहिले उपहानगरपालिका अगाडि आइपुगेको र अन्य वडाहरुमा पनि चल्नेछ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले पनि भ्रष्टाचारका कुरा खुब उठाएकोले उनलाई पनि सहयोग पुगोस् भनेर पनि आफूहरुले प्रदर्शन गरेको कार्यक्रम संयोजक ठाकुर कार्कीले जानकारी दिए ।
तस्वीरः हाम्रो कोशी आवाज




