धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले विद्यार्थीलाई विरुवा रोप्न पठाउन अनुरोध गरेका छन् ।
मंगलबार एक सूचना जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले धरान उपमहानगरपालिकाको लेटरप्याडमै एक सूचना जारी गर्दै विद्यार्थीलाई विरुवा रोप्न पठाउन अनुरोध गरेका हुन् । उनले धरानका निजी तथा सामुदायिक विद्यालयलाई यस्तो अनुरोध गरेका हुन् ।
वर्षायाममा सर्दु, खर्दु लगायतका मुहान क्षेत्रमा यस वर्ष २५ लाख विरुवा रोप्ने लक्ष्य उपमहानगरपालिकाले लिएको र विद्यार्थीलाई वनजंगल साथै वृक्षारोपणको प्रत्यक्ष महत्व पनि बुझाउन सकिने भएकोले यस्तो आह्वान गरिएको सूचनामा जनाइएको छ ।
