Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठानमा बास्केटबल, डाक्टर्स टिमलाई उपाधि

हाम्रो कोशी आवाज
असार १५ २०८०, शुक्रबार
बीपी प्रतिष्ठानमा बास्केटबल, डाक्टर्स टिमलाई उपाधि

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सम्पन्न भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत इन्टर ब्याच बास्केटबल प्रतियोगितामा डाक्टर्स महिला र पुरुष दुवै टिमले उपाधि चुमेका छन् ।
फाइनल खेलमा महिलातर्फ डाक्टर्स टिमले आयोजक अव्युदय थर्ड इयर टिमलाई २०–४ र पुरुष तर्फ डाक्टर्स टिमले आयोजक अव्युदयलाइ नै ४७–२० अङ्कको अन्तरले पराजित गर्दै उपाधी चुमेका हुन् । फाइनल खेलमा सहज जित निकालेका डाक्टर्स टिमले महिला तर्फको खेलमा डाक्टर्स र अव्युदयले प्रत्यके क्वाटरमा ४–०, ६–०, ८–२ र २–२ अङ्क जोडेका थिए । यसैगरी पुरुषतर्फ डाक्टर्स र अव्युदयले ११–३, १८–३, १०–५ र ८–९ अङ्क जोडे ।
खेलमा महिला तर्फ डाक्टर्स टिमका डा. आशा राइले ब्यक्तिगत १८ अङ्क जोडे भने पुरुष तर्फ डाक्टर्स टिमका डा. अभिनव खम्बुले १६ अङ्क जोडे । बिजेताहरुलाई अव्युदय स्पोर्ट्स फेस्ट २०२३ को समापन कार्यक्रममा पुरस्कार बितरण गरिने बास्केटबल प्रतियोगिता संयोजक हार्दिक गोयलले जानकारी गराए ।
थर्ड इयर अव्युदयको आयोजनामा भइरहेको स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत क्रीकेट, फुट्बल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड , अनलाइन गेम पबजी , सिओडी र फिफा गेम भइरहेको छ । बास्केटबलमा महिला र पुरुष तर्फ ६द्द६ टिमले सहभागिता जनाएको थियो । धरान बास्केटबल संघको प्राविधिक सहयोगमा सम्पन्न बास्केटबल प्रतियोगिताको सम्पूर्ण खेल प्रतिष्ठानको बास्केटबल कोर्टमा सपन्न भएको थियो ।

प्रकाशित मिति: असार १५ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend