Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको मेरिल्याण्ड स्कुलका विद्यार्थीद्वारा मेयर साम्पाङको अभियानलाई सहयोग

हाम्रो कोशी आवाज
असार १८ २०८०, सोमबार
धरानको मेरिल्याण्ड स्कुलका विद्यार्थीद्वारा मेयर साम्पाङको अभियानलाई सहयोग

धरानः धरान–१० स्थित मेरिल्याण्ड इङ्लीस बोर्डिङ स्कुलका विद्यार्थीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले चलाएको कोकाह खानेपानी अभियानलाई सहयोग गरेका छन् ।
उनीहरुले २२ हजार रुपैयाँ प्रोजेक्ट म्यानेजर दत्तकुमार लिम्बूलाई हस्तान्तरण गरेका हुन् । उनीहरुले १६.५ किलोमिटर हिँड्दै धरानको पर्यटकीयस्थल चिण्डेडाँडा पुगेर सन्देश पनि छरेको भाइस प्रिन्सिपल मनोज राई नाम्दुङले जानकारी दिए । उनीहरुले त्यहाँ सरसफाइ कार्यक्रम पनि गरेका थिए । चिण्डडाँडा वरपर फालिएका प्लास्टिकका बोतल, फोहोर व्यवस्थापन गरी सन्देश दिएको उनले जानकारी दिए । धरानको विभिन्न सामाजिक काममा सधैं साथ दिइरहेको विद्यार्थीको क्लब ‘द बिकन’ मार्फत् यस्तो सन्देश दिइएको हो ।
क्लब २०७२ सालमा स्थापना भएको हो र हालसम्म लगभग ३० लाख रुपैयाँभन्दा बढीको च्यारेटी गरिसकेको उनले जानकारी दिए । संस्थाले अशक्त, विपन्न, असहाय, वृद्धवृद्धा, बाढी, भुकम्पपीडित, रोगीलगायतका आवश्यकता परेकाहरुलाई सहयोग गर्दै आएको उनले जानकारी दिए । यति मात्र नभएर क्लबले पर्यावरण संरक्षण, वातावरण संरक्षण तथा सरसफाइ , प्लास्टिक फ्रि लगायतका कुरामा पनि जोड दिँदै आइरहेको छ ।
‘आगामी दिनमा पनि यसरी नै सामाजिक कार्यहरूमा सहभागी हुनेछौं’, सहायक प्रिन्सिपल राईले भने, ‘सामाजिक कार्यमा बाल बालबालिकालाई संलग्न गराइएमा उनीहरुले त्यो बाटो फलो गर्छ र भोलीको समाजमा हामी उनीहरु नै निर्माण कार्यमा जुट्छ र असल समाजको उदाहरण पाउन सक्छौ, त्यसैले सामाजिकरण गर्दै उनीहरुलाई व्यावहारिक शिक्षा दिने उद्देश्यले पनि र समाज परिवर्तनको लागि पनि हामी सधैं एक कदम अघि बढ्ने छौं ।’

प्रकाशित मिति: असार १८ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend