Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सियोन स्कुलका विद्यार्थीले ल्याए एसईईमा उत्कृष्ट नतिजा

हाम्रो कोशी आवाज
असार २२ २०८०, शुक्रबार
धरानको सियोन स्कुलका विद्यार्थीले ल्याए एसईईमा उत्कृष्ट नतिजा

धरानः धरान-१६ स्थित सियोन स्कुलका विद्यार्थीले एसईई परीक्षा २०७९ मा उत्कृष्ट नतिजा ल्याएका छन् ।
३.२) देखि ४ जिपिएसम्म ल्याउने विद्यार्थी ५० जना रहेको प्रिन्सिपल खड्गबहादुर थापा मगरले जानकारी दिए । यस्तै, २.८० देखि ३.२० जेपिएसम्म ल्याउने विद्यार्थी १३ जना रहेका छन् ।
‘जे होस् यो उत्कृष्ट नतिजा हो’, प्रिन्सिपल थापा मगरले भने । एसईई परीक्षामा यस वर्ष जम्मा ६३ जना विद्यार्थी सहभागी भएको र ६ जनाले ए प्लस, ४४ जनाले ए, १३ बि प्लस नतिजा ल्याएको सहायक प्रिन्सिपल राकेश चौधरीले जानकारी दिए ।
सियोन स्कुल धरानकै गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध रहेको उत्कृष्ट स्कुल हो । हाल स्कुलमा प्लस टु (कक्षा-११ र १२) तर्फ विज्ञान, व्यवस्थापन, कम्प्युटर साइन्स, होटल म्यानेजमेण्टको पठनपाठन भइरहेको छ ।

प्रकाशित मिति: असार २२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend