Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कांग्रेसले राख्यो दौड, पानीझरी नभनी दौडिँदै नविन र छेन्वीमाया प्रथम

हाम्रो कोशी आवाज
असार २२ २०८०, शुक्रबार
धरानमा कांग्रेसले राख्यो दौड, पानीझरी नभनी दौडिँदै नविन र छेन्वीमाया प्रथम

धरानः नेपाली कांग्रेसले आयोजना गरेको दौड प्रतियोगितामा नविन तामाङ र छेन्वीमाया राई प्रथम भएका छन् । नेपाली कांग्रेसको क्षेत्र नं. १ सुनसरी तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सुनसरी(१ कांग्रेसले आयोजना गरेको ५ कि.मि. र्दाैड प्रतियोगितामा पुरुषतर्फ धरान १५ का नविन तामाङ प्रथम भएका हुन् । उनले १५.१ मिनेटमा दुरी पार गरेका थिए । त्यसैगरी महिलातर्फ धरान १९ की छेन्वीमाया राई प्रथम भएकाछन् । उनले निर्धारित दुरी १९.४६ मिनेटमा पूरा गरेकी थिइन् । खेलाडीहरु दौडिँदा पानी परिरहेको थियो ।
पुरुषतर्फ दोश्रो हुने धरान ५ का प्रशान्त तामाङले १५.१५ मिनेट र तेश्रो स्थान आउन सपल इण्डियन आर्मी समेत रहेका भोजपुर तिवारी भन्ज्याङका पवन राईले १५.४५ मिनेटमा दुरी पार गरेका थिए । त्यसैगरी महिलातर्फ दोश्रो धरान–१९ की निक्की नेम्वाङ ले २०.३५ मिनेट र तेश्रो हुने धरान ५ की नानी तामाङले २१.२१ मिनेटमा निर्धारित दुरी पार गरेकी थिइन् । दौडमा सहभागी सबैलाई नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले प्रमाणपत्र प्रदान गरेका थिए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता र धरान रनका अध्यक्ष रमु राईको संयोजकत्वमा भएको प्रतियोगिताको औपचारिक कार्यक्रममा प्रमुख अतिथि प्रदेश महामन्त्री उमेश थापाले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, महासमिति सदस्य सुवास राई, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, जिल्ला सदस्य अनुपमा सुनुवार, क्षेत्रीय सल्लाहकार प्रेम पौडेल, क्षेत्रीय सचिव केशव पुरी, प्रदेशसभा १(२) कोषाध्यक्ष हरि थापा, नेपाल तरुण दल केन्द्रीय सदस्य देवेन्द्र लिम्बू, धरान ३ नं. वडा सभापति उमेश श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि अजय राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
असार २९ र ३० गते कांग्रेसका प्रभावशाली युवा नेता महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा धरान–१३ स्थित धरान व्यान्क्वेटमा दुईदिने सम्मेलन गर्ने जनाएको छ । सम्मेलनको अवसरमा सुनसरी १ कांंग्रेसले मन्दिर, मस्जिद, गुम्बा र चर्च सरसफाई, व्याडमिन्टन प्रतियोगिता तथा रस्सीतान प्रतियोगिता सम्पन्न गरिसकेको छ । तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: असार २२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend