धरानः धरान-११ स्थित ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलका विद्यार्थीले यस वर्ष झन उत्कृष्ट नतिजा ल्याएका छन् । माध्यमिक तहको एसईई परीक्षामा उनी झनै उत्कृष्ट नतिजा निकालेका हुन् ।
१७ जना विद्यार्थी सहभागी भएकोमा यस वर्ष (२०७९) ६ जना विद्यार्थीले ए प्लस ल्याउन सफल बनेको प्रिन्सिपल अरुण राईले जानकारी दिए । उनका अनुसार ३ जना विद्यार्थीले ए, ३ जनाले बि प्लस र अन्यले बि ग्रेड नतिजा निकाल्न सफल भएको उनले जानकारी दिए । ‘जे होस् हाम्रा विद्यार्थीले उत्कृष्टसहित शत प्रतिशत नतिजा निकाल्दै आएका छन्’, उनले भने, ‘तर यो वर्ष अझै राम्रो नतिजा हो ।’