Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भानुचोकमा सवारी चालकको लापसे परीक्षण, तीनजनाले लागूपदार्थ सेवन गरेर सवारी चलाएको भेटियो

हाम्रो कोशी आवाज
असार २४ २०८०, आइतबार
धरानको भानुचोकमा सवारी चालकको लापसे परीक्षण, तीनजनाले लागूपदार्थ सेवन गरेर सवारी चलाएको भेटियो

धरानः धरानमा प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागूऔषध सेवन (लापसे) मा कडाइ गर्न थालेको छ ।
विशेष गरेर सडक दुर्घटनाको न्यूनीकरण गर्ने उद्देश्यले धरानको भानुचोकमा रहेको बसपार्कमा यातायात सवारी चालकहरुको मापसे र लापसे परीक्षण गरिएको छ । सचेतना फैलाउने उद्देश्यले किटमार्फत् गरिएको परीक्षणमा तीनजना लागूऔषध गाँजा सेवन गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका प्रमुख श्यामकुमार बस्नेतले जानकारी दिए । युरिन टेष्टमार्फत् लापसेको चेकजाँच गर्दा तीनजना सवारी चालकले लागूपदार्थ सेवन गरेर सवारी चलाएको समेत पाइएको उनले बताए ।
‘तीनजनामा पोजेटिभ देखिएको छ, यसरी सवारी चलाउनु भनेको एकजना व्यक्तिको मात्रै जीवनसँग सम्बन्धित रहेन, बसमा सवार सबैको जीवनसँग सम्बन्धित भएकोले पनि कडाइका साथ लागू गर्न साकेंतिकरुपमा यस्तो कार्यक्रम आयोजना गरेका हौं’, उनले भने, ‘अब प्रायःजसो सधैंजसो मासपे र लापसे चेकजाँचमा कडाइ गर्नेछौं ।’
दुर्घटना न्यूनीकरणका लागि यो पनि उत्तम उपाय रहेको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले बताए । ट्राफिक सप्ताहको छैटौं दिनमा सो कार्यक्रम गरिएको हो । प्रहरीले के निष्कर्ष निकालेको छ भने धरानमा लागूऔषध सेवन गरेर सवारी चलाउने बढेका छन्, त्यसैले पनि कडाइका साथ यो कार्यक्रमलाई निरन्तरता दिँदै लागू गरिनेछ ।

प्रकाशित मिति: असार २४ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend