Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जसले दुर्गा प्रसाईंसँग ३० करोड चन्दा मागे, ५ करोड मात्रै दिन्छु भन्दै बोलाएर प्रहरीलाई समात्न लगाए

हाम्रो कोशी आवाज
असार २६ २०८०, मंगलबार
जसले दुर्गा प्रसाईंसँग ३० करोड चन्दा मागे, ५ करोड मात्रै दिन्छु भन्दै बोलाएर प्रहरीलाई समात्न लगाए

धरानः मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग ३० करोड चन्दा माग्ने पक्राउ परेका छन् ।
खोटाङ घर भएका रमेश गुरुङलाई मंगलबार ३० करोड माग गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । माग्नेलाई ५ करोड दिन बोलाएर दुर्गा प्रसाईं आफैंले पक्राउ गर्न लगाएको पाइएको जनाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पक्राउ गरेको हो । प्रसाईसँग ३० करोड मागेका गुरुङ ५ करोड रुपैयाँ लिन भन्दै महाराजगन्ज पुगेका थिए । त्यतिनै बेला सीआइबीले उनलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता सञ्जय थापाले जानकारी दिए । गुरुङलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ। गुरुङले प्रवेश लामाको नामबाट १३ असारका दिन साँझ सबा ६ बजे फोन गरेर ३० करोड रुपैयाँ नदिए हत्या गर्ने धम्की दिएका थिए । त्यसैगरी उन पटक पटक एसएमएस गरी धम्की दिएको पनि प्रहरीले जनाएको छ ।

बिहान ६ बजेर ३५ मिनेट जाँदै गर्दा म्यासेज गर्छन्- रेडी हुनुभयो ?
प्रसाईं सबै हिसाबले तयार थिए । झोलामा भने पैसा थिएन । अरु नै सामान थियो । आफ्नो सुरक्षा टोली र केन्द्रीय अनुसन्धान विभागको टोलीसहित प्रसाईं महाराजगन्जमा लामाले बोलाएको ठाउँमा पुगे । प्रहरीले सतर्कतासाथ फिरौती रकम बुझ्न आएका रमेश गुरुङलाई पक्राउ गर्‍यो ।
सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार २५-३० करोडबाट बार्गेनिङ थालेका लामाले अन्तिममा ५ करोड रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिएका थिए ।
प्रारम्भिक अनुसन्धानअनुसार गुरुङ ९ वर्ष साउदी अरब बसेर फर्किएका हुन् । लामालाई खोज्दै गएको प्रहरीले खोटाङको रावा बेँसी १ नम्बर वार्ड घर भएका गुरुङलाई पक्राउ गरेपछि रकम असुलीमा गिरोह नै परिचालित भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: असार २६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend