Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ज्येष्ठ नागरिकलाई साइकल यात्रा गराइने, मेयर साम्पाङ हस्पिटल अभियानलाई सहयोग गरिने

हाम्रो कोशी आवाज
असार २६ २०८०, मंगलबार
धरानमा ज्येष्ठ नागरिकलाई साइकल यात्रा गराइने, मेयर साम्पाङ हस्पिटल अभियानलाई सहयोग गरिने

धरानः धरानमा जेष्ठ नागरिकलाई साइकल यात्रा गराइने भएको छ ।
‘एक दिन हामी पनि बुढो हुनेछौं भन्ने नारासहित यो वर्ष कोरा धरान २०२३ कमिटीले धरानमा शनिबार साइकल यात्रा गराइने कार्यक्रम संयोजक विनयलाल श्रेष्ठले मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
संयोजक श्रेष्ठले विज्ञप्तिमार्फत ‘कोरा साइक्लिङ च्यालेन्ज’ विगत ६ वर्षदेखि धरानमा विभिन्न सामाजिक कार्यको सहयोगार्थ सञ्चालनमा रहेको बताए । उनले साइक्लिष्टहरूको महापर्वको रुपमा १५ जुलाइमा संसारभरी विभिन्न सामाजिक कार्य गर्दै कार्यक्रमहरु आयोजना गर्ने गरेकोमा बताए ।
कार्यक्रमबाट संकलित रकम धरानमा भएका वृद्धाश्रममा आवश्यक सहयोग गर्ने र धरान उपमहानगरपालिका मेयर हर्क साङपाङको पहलमा धरानमा निःशुल्क सेवा दिने उद्देश्यले ज्येष्ठ नागरिक हस्पिटल निर्माणार्थ सहयोग गरिने समेत उनले बताए ।
साइकल यात्रा कार्यक्रममा विराटचौक, सुन्दरहरैंचा, इटहरी, तरहरा, विराटनगर, काठमाण्डौं, ललितपुर र धरान समेत गरेर अनुमानित २०० जना साइक्लिस्टहरुको उपस्थित रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी हुनको लागि अनलाइन फारम साथै फिसिकल फारम अनिवार्य रु १०० को भरी इच्छाएको रकम डोनेसन समेत गर्न सकिनेछ जनाइएको छ । कोरा धरान २०२३ मा सहभागी साइक्लिस्टहरूलाई टि–सर्ट, मेडल सर्टिफिकेट, बिहानको खाजा र खाना समेत प्रदान गरिने छ । साथै सहभागी सम्पूर्ण साइलिस्टहरुको जीवन विमा समेत रहेको विज्ञप्तिमा जनाइएको छ ।
सोही पत्रकार सम्मेलनमा कोराको अर्थ र साइक्लिष्टको सम्बन्धबारे जानकारी कोरा धरान २०२३ कमिटिका सल्लाहकार प्रभात श्रेष्ठले २०७२ सालमा काठमाडौमा भएको भूकम्पले धनजनको क्षति भएर मानिसहरुको जनजीवन प्रभावित भएको अवस्थामा त्यो समयमा उपत्यकामा आर्थिक राहत सहयोग विभिन्न दातृ संस्थाहरुले सहयोग गरेको देखेपश्चात मानवीय सेवा गर्ने उद्देश्यले नेपाल भरिएको साइक्लिस्टहरुले एउटा कोरा नामकरण कमिटि गठन गरेर सामाजिक उत्तरदायित्व निभाउँदै आएको बताए ।
धरान कोरा कमिटिका सदस्य बन्धन राईले कोरा धरान कमिटीले विगत ६ वर्षदेखि विभिन्न सामाजिक कार्य गर्दै आएकोमा कोरोना महामारीको कारण केही वर्ष स्थगित भएको बताए । पहिलो सहयोगमा काठमाडौ निवासी एवं साइक्लिस्ट नारायण गोपाल महर्जन २०१५ मा श्री लङकामा आयोजित रम्बल एण्ड द जंगल साइकल यात्रामा सहभागी हुन जाँदा दुर्घटना हुँदा उनलाई आर्थिक सहायता गरिएको थियो भने दोस्रो पटक धरानको विष्णुपादुकास्थित एक स्कुलका विद्यार्थीहरुलाई झोला, कापी, पेन्सिल र रेनकोर्ट समेत हस्तान्तरण गरिएको थियो । त्यसैगरी तेस्रो पटकमा धरान–५ ठिङगाबारी एक स्कुल भवन निर्माण सामग्री स्वरुप सिमेन्ट र बालुवा सहयोग गरेको उनले बताए ।
शनिबार विहान ७ः३० बजे हुने साइकल यात्रा धरान १८ बौद्ध गुम्बाबाट शुरु भई धरानको विभिन्न धार्मिकस्थल परिक्रमा गर्दै पुनः सोही स्थानमा आई समापन हुने कमिटिका सदस्य प्रमेश श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा सदस्य कुन्दन श्रेष्ठ, नारायण थापा र कृष्ण केसी समेतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कमिटी सदस्य प्रमोद पोर्टेल गरेका थिए ।
तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: असार २६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend