Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका उपमेयर बेघाले आश्रममा मनाए जन्मदिन, त्यहीँ काटे केक, खुवाए मासुभात

हाम्रो कोशी आवाज
असार २७ २०८०, बुधबार
धरानका उपमेयर बेघाले आश्रममा मनाए जन्मदिन, त्यहीँ काटे केक, खुवाए मासुभात

धरानः धेरै ठाउँमा जनप्रतिनिधिले भ्रष्टाचार गर्दै आएको र रक्सी–जाँडमा पैसा सकिरहेको समाचार आइरहेको समयमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले आफ्नो जन्मदिन आश्रममा आश्रित परिवारसँग मनाएका छन् ।
उपमेयर बेघाले अनाथ आश्रम र पुनस्थापना गृहमा जन्मदिन मनाएका हुन् । धरानस्थित सरस्वती बाल आश्रम र धरान छाताचोकस्थित पुनस्थापना गृहमा पुगेर उनले खाना खुवाएका हुन् ।
उनले जन्मदिनमा धरानस्थित सरस्वती बाल आश्रममा आश्रित करिब ३० जना बालबालिकालाई मासु–भात खुवाएका छन् भने गृहमा पनि खाना खुवाएका छन् । श्रीमती सविना खनाल (बेघा) सहित पुगेका उनले केक समेत सोही स्थानमा काटेका छन् । उनले यसअघि पनि पटक पटक जन्मदिनमा सोही ठाउँ र धरानस्थित अपाङग पुनस्थापना केन्द्रमा मनाउने गरेका थिए । सिम्बोलिकरुपमै भएपनि जन्मदिन अपाङ्ग, असहायसँग मनाउन पाउँदा मनमा हर्षित बनेको र सन्तुष्टि मिल्ने गरेको उनले बताए । उनले थपे, ‘विभिन्न हण्डर, ठक्कर खाँदै देशको सेवा गर्छु भनेर लागेको छु, सर्वहारा, भोका–नाङ्गाको पक्षमा लड्न चाहन्छु, त्यही भएर यहाँ जन्मदिन मनाउन आएको हुँ ।’
उनी धरान–१५ खोरिया बस्तीमा स्थायी बसोबास गर्दै आएका छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असार २७ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend