Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१७ मा शिक्षकले छाताको डन्डी नै बाङगिने गरी कक्षाकोठामै विद्यार्थी पिटे

हाम्रो कोशी आवाज
असार २८ २०८०, बिहिबार
धरान-१७ मा शिक्षकले छाताको डन्डी नै बाङगिने गरी कक्षाकोठामै विद्यार्थी पिटे

धरानः धरान-१७ स्थित ज्वालामुखी माविका विज्ञान विषय पढाउने शिक्षक महेशकुमार यादवले विद्यार्थी कुटेका छन् ।
कक्षा-८ मा अध्ययनरत रिसन जोगीलाई ती शिक्षकले छाताको डन्डी नै बाङ्गीने गरी बुधबार कुटपिट गरेका हुन् । कुटपिटबाट विद्यार्थी सख्त घाइते बनेका छन् । टाउकोमा कुटेका कारण टाउकोको अधिकांश भाग दुखेर रातभरी सुत्न नसकेको र टाउकोको अघिल्तिर सुन्निन थालेपछि हाल उपचारका लागि अस्पताल लगिएको अभिभावक सुष्मा जोगीले बताइन् । आफूले छोरालाई कुटेको विषयमा शिक्षकलाई जानकारी गराउँदा शिक्षक यादवले उल्टै थर्काएको समेत उनले बताइन् ।
पीडित विद्यार्थीले आफूले पन्जा लडाइ खेलेको भन्दै शिक्षकले कक्षामै कुटेको बताए । ‘कक्षामै कुटाइ खाएँ, सिधै ठाउकोमा हाल्नुभयो, छाताको डन्डी नै बाङगिएको थियो, छाता भाँचिएको देखेर धेरै विद्यार्थी कक्षाकोठामै गलल्ल हाँसेका थिए,’ पीडित विद्यार्थीले भने । पीडित विद्यार्थीले विद्यालयमा भएको घटनाबारेमा कोहीलाई ‘कम्प्लेन’ गरेमा स्कुलबाट निकालिदिने धम्की समेत दिएको बताए ।
घर आउँदासम्म ठीकैजस्तो लागेको र राति भने छोराको अवस्था देखेर डरलाग्दो भएपछि फेरि जानकारी गराउँदा शिक्षकले खासै वास्ता नगरेको अभिभावकले बताएका छन् । कुटपिटबाट विद्यार्थीको टाउको समेत सुन्निँदै गएपछि विद्यार्थीलाई अस्पताल भर्ना गर्ने तयारी भइरहेको उनले बताए ।
शिक्षक यादवले आफूले विद्यार्थी कुटेको स्वीकारेका छन् । पन्जा लडाइँ खेलेको देखेपछि आफूले कुटेको गरेको बताए । ‘खासमा मैले कुटेकै हो’, उनले भने, ‘टाउकोमा लागेको हुनाले अलि साह्रो भएको हुनसक्छ ।’
स्कुलका प्रधानाध्यापक गोपाल थापाले शिक्षकले विद्यार्थी कुटपिट गरेको विषयमा आफूले कुटेको केही समयमै चाल पाएको बताए । ‘त्यतिसाह्रो होइन होला भन्ने थियो तर निकै साह्रो गरी कुटेछन्, स्टाफरुममा आएपछि किन कुट्नुभयो भनेर खुब रिसाएँ, अभद्र तरिकाले कुट्नु हुँदैनथ्यो भनें’, उनले भने, ‘टिफिनपछिको अवस्था बुझ्दा टाउकोको अघिल्तिर सुन्निएको पाएँ ।’
उनले पटक पटक स्टाफ मिटिङमा पनि विद्यार्थी नकुट्नु भन्दै आएको तर शिक्षकले नै बेवास्ता गर्ने गरेको उनले बताए । ‘मैले पटक पटक मिटिङमा पनि कुरा उठाउँदै आएको छु’, उनले भने, ‘तर कहिलेकाहीँ शिक्षकले बेवास्ता गरिदिन्छन् र यो हालत हुन्छ ।’ उनले विद्यार्थीलाई कुटपिट गरेर तह नलाग्ने र सम्झाउँदा उत्तम हुने बताए ।

प्रकाशित मिति: असार २८ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend