Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघा कलेजमा ४ सय ७५ जना विद्यार्थीले दिए प्रवेशिका परीक्षा, विपन्नलगायतलाई छात्रवृत्ति

हाम्रो कोशी आवाज
असार २९ २०८०, शुक्रबार
धरान मेघा कलेजमा ४ सय ७५ जना विद्यार्थीले दिए प्रवेशिका परीक्षा, विपन्नलगायतलाई छात्रवृत्ति

धरानः शैक्षिक सत्र २०८०–०८१ सालको एसईई परीक्षामा पास भएका विद्यार्थीहरुको ११ कक्षामा नयाँ भर्नाका लागि धरान–१२ चतरा लाइनस्थित धरान मेघा कलेजको प्रवेशिका परीक्षा शुक्रबार सम्पन्न भएको छ ।
प्रवेशिका परीक्षामा धरान उपमहानगर र आसपासका क्षेत्रबाट चार सय ७५ जना विद्यार्थीले सहभागिता जनाएका छन् । प्रवेशिका परीक्षामा धनकुटा, हिले, सिधुवा, संखुवासभा, भोजपुर, फिदिमको पाँचथर, झापा, मोरङ जिल्लासँगै धरान आसपासका क्षेत्रका चतरा, केराबारी, इटहरी, तरहरा, चक्रघट्टीबाट विद्यार्थीहरुले सहभाहिता जनाएको धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेलले जानकारी दिए । वर्षाको कारण फर्म भरेका धेरै विद्यार्थीहरु प्रवेशिका परीक्षामा छुटेको उनले जानकारी दिए । उनीहरुलाई थप प्रवेशिका परीक्षाको ब्यवस्था गरिने प्राचार्य पौडेलले बताए ।
ब्याचलर लेबलसम्म म्यानेजमेन्ट विषयको पढाइ हुने धरान मेघा कलेजमा म्यानेजमेन्टसँगै साइन्स, होटल म्यानेजमेन्ट, कानुन, फुड एन्ड न्युट्रेसन विषयमा विद्यार्थीहरुले छनौट गरेर अध्ययन गर्न सक्नेछन् ।
शैक्षिक सत्रमा नयाँ भर्ना भएका ११ कक्षाको पढाइ साउन १० गतेदेखि शुरु हुने उनले जानकारी दिए । कलेजले आफ्नो सामाजिक उत्तरदायित्वको रुपमा विद्यार्थीहरुलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न खेलका उत्कृष्ट खेलाडी, शिक्षामा उत्कृष्ट, विपन्न वर्ग, दुर्गम क्षेत्र, एकल महिला, दलितलगायत क्षेत्रमा १० देखि १५ प्रतिशत विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गर्दै आइरहेको धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए ।

प्रकाशित मिति: असार २९ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend