धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा पहिलो चरणको प्रवेश परीक्षा सम्पन्न भएको छ ।
एसइई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई कक्षा–११ मा नयाँ भर्नाका लागि आइतबार प्रवेश परीक्षा लिएको हो । प्रवेश परीक्षामा करिब चार सय विद्यार्थीले सहभागिता जनाएका छन् । कलेजमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट साथै साइन्स, कम्प्युटर साइन्स अध्यापन हुने कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए ।
होटल म्यानेजमेन्टका लागि प्रदेश नम्बर १ मै ब्रान्ड कलेज भएकाले प्लस टु मा पढ्ने विद्यार्थीहरुले प्राक्टिकल गर्न बिएचएमका लागि बनाइएको किचन ल्याबको प्रयोग गर्न पाउने क्याम्पस प्रमुख तुम्बापोले बताए । साइन्स अध्ययन गर्ने विद्यार्थीहरुका लागि अत्याधुनिक प्रयोगशालाका साथै दक्ष अध्यापकहरु भएको साइन्स कोअर्डिनेटर आकाश अधिकारीले बताए ।
होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई बढीभन्दा बढी प्राक्टिकलमा जोड दिइने होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुलाई पठनपाठन मात्र नभएर उनीहरुको रुचिअनुसारको विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिइने क्यापस प्रमुख तुम्बापोले जानकारी दिए । नयाँ कुरा सिक्ने र विश्व बजारमा बिक्ने जनशक्ति उत्पादन गर्ने ध्येयले आफूहरु लागेको उनले जानकारी दिए । कक्षा–११ को कक्षा सञ्चालन आगामी साउन ११ गतेबाट हुने उनले जानकारी दिए ।
प्रवेश परीक्षामा एसइई स्टेट–१ सिङ्गिङ आइडलका बिजेता, डान्सिङ आइडलका बिजेता, एसइई स्पिकरका बिजेता, जिल्ला टपर, स्कुल टपर लगायतका प्रदेश नम्बर १ का प्रतिभावान विद्यार्थीहरुले प्रवेश परीक्षा दिएको क्याम्पस तुम्बापोले जानकारी दिए ।
होटल म्यानेजमेण्टमा विद्यार्थीको क्रेज
धरानमा प्लस टुतर्फ सरकारी स्कुलतर्फ पब्लिक हाइस्कुल र निजी विद्यालयतर्फ युएन, नवोदयले फड्को मार्दै गएको छ । ‘शिक्षा नै परिवर्तनको मूल संवाहक हो’ भन्ने मूल मन्त्र लिएर ११ वर्षअघि स्थापना भएको युएन, नवोदय कलेज प्रदेश १ कै नमूना कलेजको रुपमा स्थापित भएको छ । विशेषतः होटल म्यानेजमेण्टमा विद्यार्थीको क्रेज बढी रहेको क्याम्पस प्रमुख तुम्बापो बताउँछन् ।
२०६८ सालमा ११ जना विद्यार्थीबाट शुरु भएको कलेजले हालसम्म १० हजार विद्यार्थी उत्पादन गरिसकेको र हाल आएर कलेज प्रदेश १ कै ‘ब्राण्ड’ कलेजका रुपमा स्थापित हुँदै अघि बढिरहेको छ । विशेषतः प्राज्ञिक पृष्ठभूमिबाट आएका व्यक्तित्वहरुले सञ्चालन गरेको कलेजमा विद्यार्थीको लर्को लाग्नु स्वभाविक भएको अध्यक्ष झा बताउँछन् । उनले अनुभवी प्राध्यापक, उत्कृष्ट व्यवस्थापन, सम्पूर्ण शैक्षिक पूर्वाधार नै नवोदय, युएन कलेजको पहिचान भउको बताउँदै कलेजले सञ्चालनको छोटो अवधिमै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताए ।
क्याम्पस प्रमुख तुम्बापोका अनुसार कलेजमा अध्ययनरत विद्यार्थीले नेपाल सेकेण्ड टपदेखि प्रदेश १ टप साथै धरान टपसम्म गर्न सफल भएका छन् । ‘यी उल्लेखित उपलब्धिहरु कलेजको उत्कृष्ट व्यवस्थापन, शिक्षण प्रणाली, कलेजमा विद्यार्थीको लागि सहज वातावरण र विद्यार्थीहरुको अथक लगनशीलता, मिहिनेत र प्रयासका उपज हुन भन्ने कुरालाई नकार्न सकिँदैन ।’ क्याम्पस प्रमुख तुम्वापोले भने ।













































