Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पार्किङ गरिरहेको मोटरसाइकल र मोबाइल चोरी, लाँदै गर्दा युवा समातिए

हाम्रो कोशी आवाज
साउन ४ २०८०, बिहिबार
धरानमा पार्किङ गरिरहेको मोटरसाइकल र मोबाइल चोरी, लाँदै गर्दा युवा समातिए

धरानः धरानमा पार्किङ गरिरहेको मोटरसाइकल चोरी गर्ने युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–८ का २१ वर्षीय सुमन विक रहेको प्रहरीले जनाएको छ । सो मोटरसाइकल मोरङमा फेला पारेको थियो । कोशी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–२ टंकी चोकबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । सवारी चेकजाँचका लागि खटिएको इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायव निरीक्षक (सई) उज्वल शाक्य नेतृत्वको टोलीले शंका लागेर विकलाई रोकेको थियो । उनको साथमा ब्लुबुक फेला नपरेपछि उनलाई थप केरकार गरिएको थियो । चालक विकले ब्लुबुक देखाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा मोटरसाइकल चोरीको भएको पत्ता लागेको थियो ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा८६प ६०८ नम्बरको २ सय सीसीको एनएस मोटरसाइकल चेकजाँच गर्दा चोरीको भएको पत्ता लागेको मोरङ प्रहरीका प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । विकले धरान–७ का सुजन राईको घरमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेको प्रहरीको भनाइ छ ।विकले राईको मोटरसाइकल र आई फोन सेभेन मोबाइल चोरेको प्रहरीले जनाएको छ । विकको साथबाट उक्त मोबाइल पनि फेला परेको छ ।

 

प्रकाशित मिति: साउन ४ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend