Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको किरातेश्वर स्कुलमा कक्षा-११ मा कानुन र व्यवस्थापन शुरु, निःशुल्क भर्ना

हाम्रो कोशी आवाज
साउन ४ २०८०, बिहिबार
धरानको किरातेश्वर स्कुलमा कक्षा-११ मा कानुन र व्यवस्थापन शुरु, निःशुल्क भर्ना

धरानः धरान १९ स्थित किराँतेश्वर माविमा यो शैक्षिक सत्रदेखि कक्षा ११ मा कानुन र व्यवस्थापन विषयको अध्यापन शुरु हुने भएको छ ।
विद्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । स्थानीय अभिभावक र विद्यार्थीहरुको माग अनुसार ल (कानुन) र कमर्श विषय सञ्चालनमा ल्याएको प्रधानाध्यापक योगेन्द्र पालुङ्वाले बताए । कानुन पढ्न चाहने विद्यार्थीहरु इटहरी, विराटनगर वा काठमाण्डौं पढ्न जानुपर्ने बाध्यता अन्त्य गर्दै धरानमै पहिलो पटक किरातेश्वरमा पढाई शुरु गर्न लागेको प्रअ पालुङ्वाले बताए ।
किरातेश्वरमा यसपालि पहिलो पटक प्लस टु सञ्चालन हुन लागेको हो । त्यसैले यो बर्ष विद्यार्थीहरुलाई निःशुल्क भर्नाको अवसर दिइनेछ भने एक सेट किताब पनि निःशुल्क वितरण गरिने विद्यालयले जनाएको छ । सरकारी विद्यालयमा प्लस टु सम्म निःशुल्क शिक्षा भने तापनि कतिपय विद्यालयले अतिरिक्त क्रियाकलाप भन्दै वार्षिक शुल्क चर्कै लिने गरेको छ । यो विद्यालयमा न्युनतम मासिक शुल्क ८ सय मात्र रहेको छ भने परीक्षाको लागि ढेड सय मात्रै शुल्क लिइनेछ । ‘सबैको हिसाब गर्दा एक वर्षमा १० देखि ११ हजारसम्म हुन आउछ । यसमा पनि आर्थिक अवस्था कमजोर विद्यार्थीलाई सिफारिसको आधारमा छुट दिन सकिन्छ,’ प्रअ पालुङ्वाले भने ।
धरान–१९ मा अवस्थित सरकारी विद्यालयलाई वडा कार्यालयबाट आर्थिक, भौतिक सहयोग गर्दै आएको वडा अध्यक्ष पूर्ण लिम्बूले बताए ।

प्रकाशित मिति: साउन ४ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend