Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको जंगल क्षेत्रमा गोली प्रहार गरी युवाको हत्या

हाम्रो कोशी आवाज
साउन ५ २०८०, शुक्रबार
धरानको जंगल क्षेत्रमा गोली प्रहार गरी युवाको हत्या

धरानः धरानमा गोली प्रहार गरी युवाको हत्या भएको छ । शुक्रबार साँझ गोली प्रहारबाट विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको सुनसरी प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि ज्यान गएको एसपी प्रभु ढकालले जानकारी दिए । उनका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए । गोली प्रहार गरेर उनीहरु फरार भएका छन् ।
मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको छ । धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको हो ।
प्रहरी स्रोतका अनुसार उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ । घटनाको अनुसन्धान भइरहेको उनले बताए । गोली प्रहार गरेको कारण नखुलेको उनको भनाइ छ ।

प्रकाशित मिति: साउन ५ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend