Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः धरान-१६ मा बहुभाषिक विद्यालय स्थापना हुँदै, २ करोड ६५ लाख बढीमा भवन बन्दै

हाम्रो कोशी आवाज
साउन ९ २०८०, मंगलबार
अन्ततः धरान-१६ मा बहुभाषिक विद्यालय स्थापना हुँदै, २ करोड ६५ लाख बढीमा भवन बन्दै

धरानः धरान–१६ मा बहुभाषिक विद्यालय निर्माण हुने पक्कापक्की भएको छ । पूर्व मेयर स्व. तारा स्मृति पार्क छेऊमा सो विद्यालयको भवन निर्माण हुने भएको हो ।
मङ्गलबार एक कार्यक्रमका बीच धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले विद्यालय भवनको शिलान्यास गरेका छन् ।
२ करोड ६५ लाख ३५ हजार १ सय ८४ रुपैयाँ ४२ पैसाको लागतमा सो भवन निर्माण हुने भएको हो । दीपादिल कन्ट्रक्सनले २०८० साउनमा सम्झौता गरेको र २०८१ सम्ममा सम्पन्न गर्ने गरी काम अघि बढेको इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । १२ मिटरको गोलाईभित्र दुईतले भवन बनाइने उनले जानकारी दिए ।
प्रत्येक वडामा विशेष किसिमका संरचना निर्माणमा आफू लागिपर्ने बताउँदै मेयर साम्पाङले यसले धरानको विकासमा थप टेवा पुग्ने बताए ।
१३ औं नगरसभाले नै धरान–१६ मा बहुभाषिक विद्यालय निर्माण तथा सञ्चालन गरी विभिन्न भाषा र लिपीको संरक्षण गर्ने गरी पास गरेको थियो । पाठशाला निर्माण भएपछि पर्यटन क्षेत्रमा थप टेवा पुग्ने प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले बताए । धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले सो स्थानमा पार्क, स्वास्थ्य चौकी, प्रहरी चौकी साथै बहुभाषिक विद्यालय निर्माण हुनु खुशीको खबर भएको बताए ।

प्रकाशित मिति: साउन ९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend