Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको चर्च र मन्दिर विवादमा प्रशासनको चासो, ज्ञापनपत्र गृहमन्त्रालय पुग्दै

हाम्रो कोशी आवाज
साउन १२ २०८०, शुक्रबार
धरानको चर्च र मन्दिर विवादमा प्रशासनको चासो, ज्ञापनपत्र गृहमन्त्रालय पुग्दै

जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानको चर्च र मन्दिर विवादबारे ध्यानाकर्षण भएको जनाएको छ । विजयपुर धार्मिक संरक्षण समन्वय समिति धरानको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ध्यानाकर्षण भएको बताएकी हुन् ।
नगरवासीले बिहीबार इनरुवा पुगेर ज्ञापनपत्र बुझाएको समितिका अध्यक्ष विष्णुकुमार राईले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै सिडिओ पाण्डेले १२-१५ दिनदेखि चर्केको निर्माणाधीन चर्च विवादमा प्रशासनको गम्भीर ध्यानाकर्षण भएको बताइन् । ज्ञापनपत्र गृह मन्त्रालयसम्म पुर्‍याउने उनको भनाई छ ।
दुवै पक्षले संवेदनशील हुनुपर्ने एक धर्मले अर्को धर्मलाई होच्याउने गर्नु नहुने पाण्डेले बताइन् । ‘किराँतकालीन ऐतिहासिक क्षेत्रका रूपमा रहेको धरान वडा नम्बर १४ मा पर्ने विजयपुर क्षेत्र हिन्दु धार्मिक एवम् पौराणिक रूपमा अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो,’ ज्ञापनपत्रमा भनिएको छ ।

प्रकाशित मिति: साउन १२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend