Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजद्वारा नवआगन्तुक विद्यार्थीलाई निःशुल्क पुस्तक र पेन दिएर स्वागत

हाम्रो कोशी आवाज
साउन १७ २०८०, बुधबार
धरानको युएन, नवोदय कलेजद्वारा नवआगन्तुक विद्यार्थीलाई निःशुल्क पुस्तक र पेन दिएर स्वागत

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजले निःशुल्क पुस्तक र पेन वितरण गरेको छ ।
कक्षा–११ मा होटल म्यानेजमेण्ट, म्यानेजमेण्ट, साइन्स, कम्प्युटर साइन्समा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई निःशुल्क पुस्तक र पेन वितरण गरिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । क्याम्पस प्रमुख तुम्बापो, कलेजका अध्यक्ष ज्ञानेश्वर झा, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठलगायतले विद्यार्थीलाई पुस्तक वितरण गरेका थिए । ‘नवआगन्तुक विद्यार्थीलाई पठनपाठनमा सहज होस् र कलेज १० वर्ष पूरा गरेको उपलक्ष्यमा ‘दशक महोत्सव’ मनाउँदादेखि नै निःशुल्क पुस्तक वितरण गर्दै आएको र यस वर्षपनि त्यसैलाई निरन्तरता दिएका हौं ।’
२०६८ सालमा ११ जना विद्यार्थीबाट शुरु भएको कलेजले हालसम्म हजारौं विद्यार्थीलाई पठनपाठन गरी विभिन्न क्षेत्रमा काम लाग्ने जनशक्ति उत्पादन गरिसकेको र हाल आएर कलेज प्रदेश १ कै ‘ब्राण्ड’ कलेजका रुपमा स्थापित हुँदै अघि बढिरहेको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए । ‘कलेजले धरानलाई शैक्षिक क्षेत्रको हब बनाउन सहयोग गरिरहेको छ, साथै कलेजले प्रदेश १ मै ब्राण्ड पनि बनाएको छ’, कलेजका अध्यक्ष झा थप्छन्, ‘भौतिक पूर्वाधार, उत्कृष्ट नतिजाकै कारण कलेजले फड्को मारेको हो ।’
यस्तै, कलेजले आफ्नै बेकरी एण्ड क्याफे सञ्चालनको तयारी थालेको छ ।

प्रकाशित मिति: साउन १७ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend