Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पानीमा प्रचार गरिएकोजस्तो कोलिफर्म नभेटिएको दावी, राजनीतिक विषयवस्तु बनाएर गीत गाइयोः मेयर साम्पाङ (रिपोर्ट र भिडियोसहित)

हाम्रो कोशी आवाज
साउन २९ २०८०, सोमबार
धरानको पानीमा प्रचार गरिएकोजस्तो कोलिफर्म नभेटिएको दावी, राजनीतिक विषयवस्तु बनाएर गीत गाइयोः मेयर साम्पाङ (रिपोर्ट र भिडियोसहित)

धरानः धरानको खानेपानीमा यसअघि प्रचार गरिएको जस्तो नदेखिएको जनाइएको छ । धरान खानेपानी बोर्डले सरकारीस्तरबाटै पानीको परीक्षण सम्पन्न गरेको हो ।
सोमबार धरान उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा दिशामा पाइने ब्याक्टेरिया इकोलिफर्म नभेटिएको पानी परीक्षणपछि परिणामले देखाएको धरान खानेपानी बोर्डका निर्देशक इन्जिनियर राजु पोखरेलले जानकारी दिए । उनले गत साउन २५ गते प्राविधिकसहित ल्याबबाट आएका टोलीले कोकाह, धरान–११ विष्णुचोकको ट्याङ्की, धरान–१७ वडा कार्यालय, सर्दु, खर्दु, निशानेको पानी वितरण हुने धरान–११ स्वस्तिक चोक र धरान–१८ को ‘ग्रिन टी’ बाट नमूना संकलन गरेको जानकारी दिए ।
गत साउन २५ धरानका विभिन्न क्षेत्रबाट पानी संकलनपछि आएको परिणाम सार्वजनिक गरिएको हो । नेपाल सरकारको मातहत रहेको वाटर सप्लाई एन्ड सेवरेज म्यानेजमेन्ट विराटनगरले नमूना संकलनपछि सार्वजनिक गरेको पत्रका सम्मेलनमा पानी खानयोग्य रहेको समेत जनाइएको छ ।
पत्रकार सम्मेलनमा कोकाह खोलाको मुहानसहितको पानीमा १ प्रतिशत कोलिफर्म भेटिएको छ । त्यही पानी उपभोक्ताको सिधै धाराको पानीमा परीक्षण गर्दा शुन्य रहेको पाइएको छ ।
यसअघि मानव जीवनमा प्रत्यक्ष असर गर्ने गरी दुषित खानेपानी वितरण गरिएको भन्दै मेयर साम्पाङविरुद्ध धरानका राजनीतिक दलले ध्यानाकर्षणपत्र बुझाएका थिए भने पानी परीक्षण गरेर दिशामा पाइने इकोलिफर्म भन्ने तत्व भेटिएको जनाइएको थियो । धरानमा दुषित खानेपानी वितरण गरेका कारण स्थानीय बिरामी परेको भन्दै सामाजिक सञ्जाल तातेको थियो ।
धरानको पानी दुषित छ भन्दै दलहरुले राजनीतिक गीत गाउने मेलो बनाएको बताए । ‘कुरा उठ्दैन थियो तर आफ्नो पालामा कुरा उठेको छ, यो सकारात्मक पाटो हो, यसले हामीले पानीलाई अझै सुधार्नुपर्छ भन्ने हो’, उनले थपे, ‘स्वास्थ्यसँग जोडिएको कुरामा हामी अत्यन्तै संवेदनशील हुँदा हुँदैपनि कुरा उठ्यो, यसले हामीलाई अझै सुधानुपर्छ भनेर दबाव दिएकै हो, हामी थप सुधारको पक्षमा जानेछौं ।’

प्रकाशित मिति: साउन २९ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend