Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघा कलेजमा विद्यार्थीलाई सीप सिकाइँदै

हाम्रो कोशी आवाज
साउन ३० २०८०, मंगलबार
धरान मेघा कलेजमा विद्यार्थीलाई सीप सिकाइँदै

धरानः धरान–१२ स्थित मेघा हिमालयन कलेजमा बार टेन्डिङ (फलेयरिङ मेक्सोलोजी) स्किल कार्यक्रम आयोजना गरेको छ ।
ककटेल एण्ड फ्लेयर एकेडेमी काठमाडौंका फाउन्डर सिइओ इन्टरनेशनल फलेयर बार टेन्डर गुरुप्रसाद दाहालले सो स्किल प्रदान गरेका थिए । धरान मेघाको सिग्नेचर कार्यक्रमको रुपमा परिचित यो कार्यक्रम धरान मेघाले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको र यसपटक पनि निरन्तरता दिएको होटल म्यानेजमेण्टका हेड अफ डिपार्टमेन्ट पोषण श्रेष्ठले जानकारी दिए ।
देश तथा विदेशमा दक्ष बारे टेन्डरको उच्च माग रहेको र होटल म्यानेजमेण्टका विद्यार्थीलाई मेघाले कक्षा–११ र १२ मा नै यस्तो किसिमको उच्च स्किल प्रदान गर्ने र प्रमाणपत्र समेत प्रदान गनेृ कार्यक्रम रहेको उनले जानकारी दिए । उनका अनुसार कलेजले यसका लागि स्थानीय बार टेन्डरलाई समेत प्लेटफर्म प्रदान गरिरहेको छ ।
एमएच लाउन्ज एण्ड बारका बार टेन्डर सुदीप राई र सोल्टी वेष्टर्न होटलकी कन्चन सुवेदीलाई समेत आफ्नो कला प्रदर्शन गर्ने मौका धरान मेघाले दिएको उनले बताए । कार्यक्रममार्फत् प्रत्यक्षरुमा २०७० भन्दा बढी होटल म्यानेजमेण्टका विद्यार्थीले प्रत्यक्ष लाभ लिन सकेको उनको भनाइ छ ।
विशेषगरी बिएचएम कलेजहरुमा मात्र यस्तो किसिमको उच्च स्किल प्रदान गरिँदै आएको छ तर धरान मेघाले प्ले टु लेवलकै विद्यार्थीलाई यस किसिमको बार टेन्डिङ, वरिष्ठा, बेकरी, हासाफ, पर्सनालिटी डेभलपमेन्ट तालिम, इन्टरभ्यू तयारी कक्षा, फ्रेन्च ल्याङवेजजस्ता कक्षाहरु पनि निरन्तर सञ्चालन गर्दै आइरहेको उनको भनाइ छ ।

 

प्रकाशित मिति: साउन ३० २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend