धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजमा विद्यार्थीलाई सम्मान गरिएको छ । बिएचएममा धरान प्रथमदेखि अन्य विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।
कलेज परिसरमा बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीलाई सम्मान गरिएको हो । बिएचएम चौथो सेमेष्टरमा ३.९३ जिपिए ल्याएर धरान प्रथम बन्न सफल दीपेश लुङफुङवा लिम्बू र आरनेश कटुवाललाई नगद १० हजारसहित सम्मानपत्र र खदाले सम्मान गरिएको थियो ।
यस्तै, धरान द्वितीय बन्न सफल दिपसन नेम्वाङ लिम्बूलाई ५ हजार नगद, सम्मानपत्र र खदाले सम्मान गरिएको थियो । उनले ३.९१ जिपिए ल्याउन सफल भएका थिए । यस्तै, बिएचएम तेस्रो सेमेयटरमा ३.८४ जिपिए ल्याएर धरान तृतीय बन्न सफल प्रकाश राईलाई नगद २ हजार, सम्मानपत्र र खदाले सम्मान गरिएको थियो ।
यस्तै, बिएचएम तेस्रो सेमेष्टरमा ३.८४ जिपिए ल्याएर प्रदेश तेस्रो बन्न सफल दीपेश लिम्बूलाई नगद १५ हजारसहित सम्मानपत्र र खदाले सम्मान गरिएको थियो । यस्तै, तेस्रो सेमष्टरकी इषा राई सुनुवार ३.८३ जिपिए ल्याएर प्रदेश द्वितीय बन्न सफल भएकी छिन् । उनलाई नगद ३ हजार, सम्मानपत्र र खदाले सम्मान गरियो भने तेस्रो सेमेष्टरकै रश्ना गुरुङले ३.७९ जिपिए ल्याएर नगद २ हजार, सम्मानपत्र र खदाले सम्मानित भइन् ।
टर्मिनल परीक्षातर्फ पाँचौ सेमेष्टरका प्रकाश राई ८३.०६ जिपिए, सुम्निमा राई ७९.१७ जिपिए, रश्ना गुरुङ ७८.३३ जिपिए ल्याएर क्रमश पहिलो, दोस्रो र तेस्रो बने । पाँचौ सेमेष्टरकै सन्ध्या लिम्बू ८०.३३ जिपिए, सस्मिता लिम्बू ७९.६७ जिपिए, निमु लिम्बूले ७६.६७ जिपिए ल्याउन सफल भइन् । कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापिका सिर्जना लिम्बूलगायतले विद्यार्थीलाई खदा, सम्मानपत्र र नगदले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष झाले विद्यार्थीले होटल म्यानेजमेण्ट, बिएचएमलगायतका सङ्कायमा वर्षेनी धरान टप, प्रदेश टप बन्न सफल भएको बताए । उनले यसअघि विद्यार्थीले नेपाल सेकेण्ड टपसम्म गर्न सफल भएको पनि बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज









