Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको तयारी, धरानसहित आसपासका १२ विद्यालयले सहभागिता जनाउने

हाम्रो कोशी आवाज
साउन ३२ २०८०, बिहिबार
धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको तयारी, धरानसहित आसपासका १२ विद्यालयले सहभागिता जनाउने

धरानः धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण भदौ २५ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा धरान आसपासका विद्यालयका १२ टिमले सहभागिता जनाउने बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ । प्रतियोगितामा १२ कक्षासम्म अध्ययन गरिरहेका खेलाडीले सहभागिता जनाउन पाउनेछन् । यु१८ भनिएपनि १९ वर्ष नपुगेका खेलाडीले खेल्न पाउने प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडीले सहभागिता जनाउनुपर्ने छ । १० कक्षासम्मको मात्र हो भने १२ जना नै सहभागिता जनाउन पाउने छ ।
प्रतियोगिताको बिजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले नगद ५ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने मोस्ट भ्यालुएवल प्लेयरले नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट स्कोरर, उदयीमान खेलाडीलेसमेत ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाइन खेलअघि थ्री पोइन्ट कम्पिटिसनसमेत हुनेछ । पहिलो चरणमा कम्पिटिसनमा सहभागी खेलाडीले १ मिनट थ्री पोइन्ट सट गर्नेछन् । फाइनल चरणमा छनोट भएका मध्येबाट एक मिनेटमा बढी पोइन्ट गर्ने पोइन्ट च्याम्पियन घोषित हुनेछन् । थ्री पोइन्ट च्याम्पियनले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको आयोजना धरानका उदयमान बास्केटबल खेलाडी रहेको दिवंगत रेवाहाङ राईको स्मृतिमा सुरुवात गरिएको हो ।
धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । दश कक्षामा अध्यन गरिरहेको रेवाहाङ राईको असामयिक निधनपछि उनको स्मृति र सम्मानमा अभिभावकले धरान मेघा हिमालयन कलेज र धरान बास्केटबल संघको सहकार्यमा गतवर्षदेखि अक्षयकोष स्थापना गरी प्रतियोगिता आयोजनाको सुरुवात गरेका हुन् । अक्षयकोष दुई लाख रुपैयाँको रहेको धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए । पत्रकार समेलनमा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदी, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राइ, रेवाहाङका अभिभावक रेवतिरमन राई राइ, आमा सुजता राइ लगायतको उपस्तिथि रहेको थियो ।
सुनसरी बास्केटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको सम्पूर्ण खेल धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।

प्रकाशित मिति: साउन ३२ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend