Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा डेंगु सचेतना फैलाउँदै सियोन स्कुलका विद्यार्थी

हाम्रो कोशी आवाज
भाद्र ६ २०८०, बुधबार
धरानमा डेंगु सचेतना फैलाउँदै सियोन स्कुलका विद्यार्थी

धरानः धरान-१६ स्थित सियोन स्कुलका विद्यार्थीले डेंगु सचेतना फैलाएका छन् ।
स्कुलदेखि डेंगु रोग नियन्त्रणसम्बन्धी रयालीको आयोजना भएको छ । रयालीमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरू सहभागी थिए । धरानमा दिन प्रतिदिन डेंगु बढ्दै गएपछि सो सम्बन्धी जनचेतना फैलाउन विद्यार्थीहरूलाई रयालीमा सहभागी गराइएको प्रिन्सिपल, डाइरेक्टर खड्गबहादुर थापा मगरले जानकारी दिए ।
सियोन स्कुलको परिसरबाट शुरु भएको उक्त रयालीले धरानका विभिन्न चोकहरूमा कोणसभा गरी डेंगुको बारेमा जनचेतना जगाएका थिए । डेंगुबाट बच्ने विभिन्न उपायहरू लेखिएका प्ले कार्ड र व्यानरसहितका रयालीमा सहभागी भएका ती विद्यार्थीहरूले नगर परिक्रमा गरेका थिए । विद्यार्थीहरू समाजका एक जिम्मेवार सदस्य भएकाले समाजका हरेक घटनामा विद्यार्थी जिम्मेवार हुनुपर्ने उद्देश्यले विद्यार्थीहरूलाई यस्ता कार्यक्रममा सहभागी गराइएको स्कुलका अतिरिक्त क्रियाकलापका इन्चार्ज सुनिल जैसवालले बताए ।

 

प्रकाशित मिति: भाद्र ६ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend