धरानः धरानका लागूऔषधसहित किशोरकिशोरी, युवा साथै होटल सञ्चालक समेत पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय धरानले लागूऔषध ट्रामाडोल १९२ एम्पुल र डिकोलिक १९२ एम्पुलसहित धरान नगरपालिका–१० की १९ वर्षीया श्रद्धा क्षत्री, २३ वर्षीय किसन राई, १५ वर्षीय गोपाल क्षेत्री र १७ वर्षीय उत्सव विकलाई परिणामको अवैध लागूऔषधसहित पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरीको टोलीले धरानको भोटेपुलमा होटल सञ्चालन गरी बसेका ६४ वर्षीय दिलबहादुर कार्कीलाई शंका लागेर चेकजाँच गर्दा निजको सुत्ने कोठाभित्रबाट स्पास्मोप्रोक्सिबन १०० ट्याब्लेट बरामद गरेपछि पक्राउ गरेको छ । अवैध लागूऔषधसहित पक्राउ परेका सातै जना उपर सम्बन्धित प्रहरी कार्यालयहरुबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले छ ।