Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कांग्रेस नेता डा. शेखर कोइरालाले भने– जातीय र धार्मिक द्वन्द्वमा धकेल्न खोजिँदैछ, उत्तेजना र बहकाउमा नलागौं

हाम्रो कोशी आवाज
भाद्र १० २०८०, आइतबार
धरानमा कांग्रेस नेता डा. शेखर कोइरालाले भने– जातीय र धार्मिक द्वन्द्वमा धकेल्न खोजिँदैछ, उत्तेजना र बहकाउमा नलागौं

धरानः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरुले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न कोसिस गरिरहेको बताएका छन् ।
‘देशमा साम्प्रदायिक द्वन्दको बिजारोपण गरेर सामजिक–धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ, त्य‍‍ो हामी कदापि स्वीकार्न सक्दैनौं’ कोइरालाले भने ।
धार्मिक मुद्दाले पेचिलो बन्दै गएको धरान पुगेर नेता कोइरालाले हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संबिधानले ग्यारेन्टी गरेको भन्दै धर्मका नाममा राजनीति गर्न नहुने बताए । उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सदभाव कायम गर्दै संयमित हुन कोइरालाले धरानबासीमा आग्रह समेत गरे । धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडेको कोइरालाले प्रष्ट पारे ।
उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सद्भाव कायम गर्दै संयमित हुन कोइरालाले धरानवासीमा आग्रहसमेत गरे । धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडेको कोइरालाले प्रष्ट पारे ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं–१ ले सञ्चालन गरेको ‘ग्रिन एण्ड क्लिन धरान अभियान–२०८०’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले यदि कुनै एक ठाउँबाट साम्प्रदायिकता फैलिए त्यसको ज्वाला देशै भरि जाने खतरा रहेको पनि बताए ।

प्रकाशित मिति: भाद्र १० २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend