धरानमा नेवार समुदायको क्वाती पुन्हेको अवसरमा प्रथम क्वाँती फेस्टिभल आयोजना भएको छ ।
फेस्टिभल नेवास् देय दवू प्रदेश समितिले आयोजना गरेको हो । फेस्टिबलको उद्घाटन शिक्षा, विज्ञान, प्रविधि मन्त्री अशोककुमार राईले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस सचेतक तथा पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्मा, भाषाविद प्रा.डा. टङ्कप्रसाद न्यौपाने, धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले गरेका थिए । कार्यक्रममा क्वाँती पनि चखाइएको थियो । तस्वीरहरुः हाम्रो कोशी आवाज














