Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान संगीत प्रतिष्ठानको नयाँ कार्यालय भवन उदघाटन, गायक एपी शेर्पाको बिदाइ

हाम्रो कोशी आवाज
भाद्र ३० २०८०, शनिबार
धरान संगीत प्रतिष्ठानको नयाँ कार्यालय भवन उदघाटन, गायक एपी शेर्पाको बिदाइ

धरानः धरानको संगीत क्षेत्र तथा संगीतकर्मीहरुको हक–हित तथा उत्थानको लागि १० वर्ष अगाडि खोलिएको एकमात्र संस्था धरान संगीत प्रतिष्ठानको धरान–२ स्थित सार्वजनिक पुस्तकालयको माथिल्लो तलामा रहेको नयाँ कार्यालयको उदघाटन गरिएको छ ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तथा धरान संगीत प्रतिष्ठानका संरक्षक हर्कराज राई साम्पाङले रिवन काटेर प्रतिष्ठानको कार्यालय उदघाटन गरेका थिए । प्रतिष्ठानले नयाँ भवन निर्माण नगरेसम्मका लागि उपमहानगरपालिकाले उपलब्ध गराएको प्रतिष्ठान चाँडै उपयुक्त जग्गा खोजेर नयाँ भवन बनाएर सर्ने प्रतिष्ठानका अध्यक्ष रमेश राईले बताए । जग्गा भेटिएमा प्रतिष्ठानको भवनसँगै वरिष्ठ गायक दीप श्रेष्ठ ट्रष्ट समेत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष राईले बताए ।
बजेट निर्माण गर्ने बेलामा केन्द्रदेखि स्थानीय स्तरसम्मको सरकारबाट अपहेलित कला, साहित्य र संगीत क्षेत्र रहेको बताउँदै मेयर साम्पाङले पनि प्रतिष्ठानको आफ्नै स्वामित्वको भवन बनाउनुपर्ने र यसको लागि आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने बताए । प्रतिष्ठानको लागि खुल्ला स्थान रहेको भवनको आवश्यकता रहेको उनले बताए । त्यस्तै।, प्रतिष्ठानको संस्थापक तथा सल्लाहकार अजय राईले गीत, संगीतमा लाग्न चाहनेहरु र यस क्षेत्रमा लागेका श्रष्टाहरुको लागि आफूहरुले जन्माएको प्रतिष्ठान जन्माएको प्रतिष्ठानको आफ्नै भवन निर्माणको लागि जग्गा व्यवस्थापन हुन सकेमा भवन बनाउन आवश्यक आर्थिक सहयोग उठाउन तयार रहेको बताए । त्यस्तै, चाँडै नै क्यानाडा जान लागेका चर्चित गायक एपी शेर्पाको विदाइ पनि गरिएको थियो ।
उनलाई मेयर साम्पाङले प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदानसँगै नेपाली ढाकाटोपी लगाइदिएका थिए भने गीतकार मीना सिंगकले सिलाम साक्ला प्रदान गरेकी थिइन् । त्यस्तै, सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए । पारिवारिक पिआरमा क्यानाडा जान लागेका गायक एपी केही वर्षको लागि क्यानाडा जान लागेको र भविश्यमा नेपाल नै फर्किने बताउँदै यदि प्रतिष्ठानको भवन निर्माण हुने भएमा आफ्नो तर्फबाट रु १ लाख सहयोग गर्ने र अन्य सहयोग उठाउन पनि सहयोग गर्ने बताए । उनले गरौं संकल्प बोलको आफ्नो राष्ट्रिय गीत समेत गाएर सुनाएका थिए ।
असारमा विश्व संगीत दिवसको अवसरमा आयोजित कार्यक्रमको हिसाब समेत सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो । सम्मान तथा सांगीतिक कार्यक्रममा ४ लाख ७५ हजार ८ सय आम्दानी भएको र ५ लाख ३५ हजार ८ सय ३० रुपैयाँ खर्च भएको प्रतिष्ठानले जानकारी दिएको छ ।
विभिन्न दाताहरु तथा संस्थाहरुबाट केही रकम उठ्न बाँकी रहेको र नयाँ कार्यलय भवन व्यवस्थापनको लागि बिजुली, रंगरोगन, फर्निचर लगायतमा १ लाख ८ हजार ५५ खर्च भएको जनाइएको छ । कार्यक्रममा धरान संगीत प्रतिष्ठानका सल्लाहकार तथा एसपी भीम दाहाल र डा.खालिद हुसैन हक पनि अतिथिको रुपमा रहेका थिए भने धरानका संगीतकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: भाद्र ३० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend