Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बुधबारदेखि धरानका सरकारी स्कुल बन्द

हाम्रो कोशी आवाज
असोज १ २०८०, सोमबार
बुधबारदेखि धरानका सरकारी स्कुल बन्द

धरानः धरान उपमहानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय (सरकारी स्कुल) बुधबारदेखि बन्द हुने भएका छन् ।
शिक्षकहरुको आन्दोलनका कारण बुधबारदेखि पठनपाठन ठप्प गर्दै शिक्षक, कर्मचारीहरु आन्दोलनमा होमिन लागेका हुन् । ‘आगामी बुधबारदेखि धरानका सबै सामुदायिक विद्यालय पूर्णरुपमा बन्द रहने र शिक्षक कर्मचारी आन्दोलनमा रहनेछ’, आन्दोलन परिचालन समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
समितिले धरान उपमहानगरपालिकाको शिक्षा महाशाखालाई पत्र समेत दिइसकेको समितिका बुद्धसागर सुवेदीले जानकारी दिए । उनका उनुसार शाखा प्रमुख गणेशप्रसाद खतिवडालाई पत्र थमाइसकिएको छ ।
धरानमा ११ सदस्यीय आन्दोलन परिचालन समिति निर्माण भएको छ । जसमा बुद्धसागर सुवेदी, आशबहादुर राई, रुद्रबहादुर लुङ्वा, रेखा राई, नारायण, अजित यादव, मनु तामाङ, सन्देश भट्टराई, राजेन्द्र खड्का, कमल राई र ताराकुमार राई रहेका छन् ।
सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन २०८० को सन्दर्भलाई लिएर शिक्षकहरूले आन्दोलनको घोषणा गरेका हुन् ।

 

प्रकाशित मिति: असोज १ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend