Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संविधान दिवसमा धरान उपमहानगरपालिकाद्वारा प्रभातफेरि

हाम्रो कोशी आवाज
असोज ३ २०८०, बुधबार
संविधान दिवसमा धरान उपमहानगरपालिकाद्वारा प्रभातफेरि

धरानः धरान उपमहानगरपालिकाले प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।
संविधान दिवसको अवसरमा भानुचोकमा झन्डोत्तोलन गराएको छ । मेयर हर्कराज राई साम्पाङले संविधान दिवसको अवसरमा भानुचोकमा झन्डोत्तोलन गरे ।
२०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको अवसर पारी संविधान दिवस मनाएको मेयर साम्पाङले बताए । राष्ट्रिय झण्डा फहराएर राष्ट्रिय गान गाई संविधान दिवस मनाएका थिए ।
झण्डा फहराउँदै उपमेयर अइन्द्रविक्रम बेघाले नेपाल सरकारले जारी गरेको संविधानको अधिनमा रही सबले काम गर्नु पर्ने बताए । उनले संविधान बनाउन जेलनेल, यातना सहँदै बनेको संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको उनको भनाइ छ । उनले संविधानले भाषा, धर्म, संस्कार, संस्कृतिलाई समेत अधिकारसम्पन्न गराएको बताए ।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले दुःख, कष्टले संविधान प्राप्त गरेको बताउँदै आफूलाई यो संविधान मन परेको समेत बताए । ‘कत्तिलाई यो संविधान मन परेको छैन तर मलाई मन परेको छ’, उनले भने, ‘संविधानले सबैको हकहित सुनिश्चित गरेकै छ ।’
कार्यक्रममा बोल्दै मेयर साम्पाङले आफूहरुले इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्ललाई पत्र पठाएको तर अनुपस्थित भएको भन्दै चित्त दुखाएका थिए ।
धरान उपमहानगरपालिकाको प्राङ्गणबाट शुरु भएको प्रभातफेरि भानुचोकमा पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी साथै ट्राफिक प्रहरीहरुको समेत उपस्थिति थियो । तस्वीरः सनम तामाङ

प्रकाशित मिति: असोज ३ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend