धरानः एन–प्याब्सन सुनसरीको बुधबार सम्पन्न १० औ जिल्ला अधिवेशनबाट धरान–८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल योवा राईको नेतृत्वमा सर्बसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
धरान–८ स्थित लाङ्घाली सामुदायिक वनको भवनमा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा स्ट्याण्डर्ड बोर्डिङ पकलीका प्रिन्सिपल गणेश कोइराला, उपाध्यक्षमा हिमालयन बोर्डिङ स्कुल चतराका आलोक श्रेष्ठ, सचिवमा नमूना एकेडेमी तरहराका प्रिन्सिपल थरेन्द्र अधिकारी चयन भएका छन् । त्यस्तै। सह–सचिवमा विद्या भूषण स्कुल धरानका प्रिन्सिपल पूर्णचन्द्र ढकाल, कोषाध्यक्षमा विद्याज्योति बोर्डिङ इटहरीका प्रिन्सिपल कृष्ण गड्तौला र सह–कोषाध्यक्षमा युरेका आवासीय मावि धरानका प्रिन्सिपल कुरन चेम्जोङ चयन भएका छन् ।
कार्यसमितिका सदस्यहरुमा सुमिता राई, गोकुल खड्का, राजकुमार राई, ताराबहादुर कार्की, सुमित कुमार मेहता रहेका छन् । अन्य सदस्यहरुमा श्रवणकुमार साह, नवराज बुढाथोकी, गम्भीरमान तामाङ र दीपेन्द्र यादव रहेका छन् ।
बाँकी ५ जना सदस्यहरु नया कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने निवर्तमान जिल्ला सचिव भगत लिम्बूले जानकारी दिए । नव निर्वाचित कार्यसमितिलाई एन–प्याब्सन केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठले सपथ ग्रहण गराए ।
नव निर्वाचित कार्य समितिलाई निवर्तमान अध्यक्ष नारायणकुमार सञ्जेल, प्रदेस अध्यक्ष राजन पौडेल, निवर्तमान सचिव भगत लिम्बू लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे। कार्यक्रम केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा केन्द्रीय सहअध्यक्ष सुवास न्यौपाने, केन्द्रीय महासचिव पारसमणी दाहाल, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, जिल्लाका विभिन्न स्कुलका प्रिन्सिपल, सञ्चालकलगायतको उपस्थिति थियो । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । तस्वीरः तिर्थ कार्की
