Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानभरका शिक्षकहरु पनि धरान उपमहानगरपालिकामा पाल ओछ्याएर धर्नामा

हाम्रो कोशी आवाज
असोज ४ २०८०, बिहिबार
धरानभरका शिक्षकहरु पनि धरान उपमहानगरपालिकामा पाल ओछ्याएर धर्नामा

धरानः धरानभरका शिक्षकहरु पनि आन्दोलन होमिएका छन् ।
धरान उपमहानगरपालिका परिसरमा पुगेर उनीहरुले धर्ना बसेका छन् । पाल नै ओछ्याएर उनीहरु धर्नामा बसेका हुन् । संसद्रुमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका उनीहरुले मागहरु पूरा नहुन्जेल दिनहुँजसो आएर उपमहानगरपालिकामा धर्ना बसिरहने बताएका छन् ।
निजामती कर्मचारीसरह सुविधा चाहिनुपर्ने, पञ्चायतको भन्दा पश्चगामी भन्दै अहिलेको शिक्षा विधेयकमा व्यापक संशोधन हुनुपर्नेसहितका माग राखिएको आन्दोलनमा सहभागी इन्द्रमोहन झाले जानकारी दिए ।
बिहीबार सिंहदरबारमा शिक्षकहरु र सरकारबीच वार्ता भएको थियो। तर दुई पक्षबीचको वार्ताले सहमतिको बिन्दु नभेट्टाएपछि शिक्षकहरुको आन्दोलन अझै चर्किने अवस्था देखिएको छ ।
शिक्षकहरूले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै अनिश्चितकालिन आन्दोलन सुरू गरेका हुन् । बुधबार देखि सुरू भएको आन्रुदोलन आफ्नो माग पूरा नभएसम्म जारी राख्ने बताएका छन् ।
शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । आन्दोलनकै कारण आज सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । विद्यार्थीहरु विद्यालय पुगेर फर्किएका छन् । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ । उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर्नुपर्ने, शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने माग पनि गरेका छन् । त्यसैगरी शिक्षकहरुले शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्नुपर्ने, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्नुपर्ने्, शिक्षा विधेयक संशोधन गर्नुपर्ने लगायतका माग राखेको जनाएका छन् ।

प्रकाशित मिति: असोज ४ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend