Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा धरान-११ की दुर्गाकुमारी राईको मृत्यु, श्रीमान र अर्का व्यक्ति घाइते

हाम्रो कोशी आवाज
असोज ६ २०८०, शनिबार
दुर्घटनामा धरान-११ की दुर्गाकुमारी राईको मृत्यु, श्रीमान र अर्का व्यक्ति घाइते

धरानः स्कुटी एकआपसमा ठोक्किँदा धरानकी एक महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर घाइते भएकी धरान–११ की ४१ वर्षीया दुर्गाकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्कुटीमा पछाडि सवार थिइन् ।
सुनसरीको रामधुनी नगरपालिका–७ इचौलस्थित चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को२१प ५८१० नम्बरको स्कुटी र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४०प३०३१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खान खाई दुर्घटना भएको थियो ।
४८ वर्षीय ज्ञान प्रकाश राई र पछाडि सवार निजकै श्रीमती दुर्गाकुमारी र बराहक्षेत्र नगरपालिका–२ का ४२ वर्षीय प्रताप मगर घाइते भएका थिए । घाइते भएकी दुर्गाकुमारीको उपचारको क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतापको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति: असोज ६ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend