Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उद्घोषणकला तालिम

हाम्रो कोशी आवाज
असोज ७ २०८०, आइतबार
उद्घोषणकला तालिम

धरानः दर्शक सामु उभिएर बोल्न धरैजसो डराउँछन् तर कसरी बोल्ने भन्ने कुरा सिके पछि खासै कठीन नहुने प्रशिक्षक मोहन श्रेष्ठले बताए । जन्मिँदै कसैले केही पनि सिकेर आएको हुँदैन सबै कुरा सिके पछि मात्र जानिन्छ । त्यस्तै बोल्न पनि सिक्नै पर्ने श्रेष्ठले प्रशिक्षणको क्रममा बताएका थिए । प्रभावकारी उदघोषण कला तालिम इटहरीस्थित श्री कृष्ण प्रणामी मन्दिर मुक्तिनाथ धामको तालिम कक्षमा सम्पन्न भएको हो ।
तालिमको उद्घाटन प्रमुख अतिथ एवं कृष्ण प्रणामी प्रतिष्ठान नेपालका अध्यक्ष सन्त श्री १०८ कृष्णदासजी महाराजज्यूले पानसमा दिप प्रज्वलन गरी गरेका थिऐ । तालिममा कृष्ण प्रणामी प्रतिष्ठानसँग आवद्ध धरान, इटहरी र विराटनगरका समेतका पदाधिकरीहरु जम्मा ११३ जनाको सहभागिता रहेको तालिमका संयाजक एवं श्री कृष्ण प्राणामी युवा नेपाल जिल्ला कार्यसमितिको सदस्य प्रमोद आचार्य बताए ।
छोटो समयका तालिममा महत्वपूर्ण धेरै कुरा रमाइलो वातावरणमा प्रशिक्षकबाट सहभागीहरु र आफूले पनि धेरै कुरा सिक्न पाएको जानकारी गराउँदै भविश्यमा पनि सदस्यहरुको क्षमता विकासका लागि विभिन्न तालिमहरुको आयोजना गर्ने कृष्ण प्रणामी युवा परिषद् नेपाल सुनसरी जिल्ला अध्यक्ष पुण्य प्रसाद पौडेलले बताए । समापनमा सहभागीहरुलाई प्रमाण प्रदान गरिनुका साथै प्रशिक्षक मोहन श्रेष्ठ, सहजकर्ता विष्णु बराललाई नेपाली टोपी र प्रेम उपहारले सम्मान गरिएको थियो ।
तालिमबाट प्राप्त सिकाइका कारण अवका दिनहरुमा कार्यक्रम संचालन गर्न र भाषण गर्न निधक्क भएर अघि बढ्ने हौसला मिलेको सहभागीहरुले प्रतिक्रिया दिने क्रममा बताएका थिए । तालिमको औपचारिक कार्यक्रमको सञ्चालन दिल्लीप्रसाद अधिकारी गरेका थिए ।

 

प्रकाशित मिति: असोज ७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend