धरानः धरानका एक व्यक्ति एम्बुलेन्समा राखेर ल्याएको गाँजासहित पक्राउ परेका छन् ।
को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाइछिपाई ल्याएको २१.५ किलोग्राम लागूऔषध गाँजा र नेपाली रुपैयाँ ४० हजार बरामद भएको प्रहरीले जनाएको छ ।
लागूऔषध गाँजासहित राजन अधिकारी फाउण्डेसन धरानद्वारा सञ्चालित सो नम्बरको एम्बुलेन्स र चालक धरान–११ का ३८ वर्षीय गंगा सरकार र सोही स्थानमा रहेको बिआर३८ एफओ४४६ नम्बरको मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोरङको विराटनगर महानगरपालिका–१८ लाभाघाटस्थितमा गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलीले विराटनगर–१८ स्थित खेतको परालमा लुकाइछिपाई राखेको साढे १६.५ किलोग्राम गाँजा समेत बरामद गरेको छ । लागूऔषध गाँजासहित पक्राउ परेको एम्बुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।