Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सुनसरी बास्केटबल संघको अधिवेशन, अध्यक्षमा फेरि नारायण सुवेदी, अन्य को को आए ?

हाम्रो कोशी आवाज
असोज ११ २०८०, बिहिबार
धरानमा सुनसरी बास्केटबल संघको अधिवेशन, अध्यक्षमा फेरि नारायण सुवेदी, अन्य को को आए ?

धरानः जिल्ला बास्केटबल संघको पाँचौं अधिवेशनबाट नारायण सुवेदी दोस्रोपटक सर्वसम्मतरुपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
धरान १० नं.वडा कार्यालयको सभाहलमा बुधबार सम्पन्न पाँचौं अधिवेशनबाट सुवेदीको नेतृत्वमा १५ जनाको कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित भएका हुन् ।
सुवेदीको नेतृत्वमा उपाध्यक्षमा विवेक राई, सचिव विकास चाम्लिङ राई, सहसचिव युगल लिम्बू र कोषाध्यक्षमा डा. आशा राई पदाधिकारी रहेका छन । यसैगरी सदस्यहरुमा विकास वनेपाली, रेखा गुरुङ, गौरवमान श्रेष्ठ, रन्जित लिम्बू, रविन गुरुङ, आस्था राई, नुप राई, चिरन्जिवी गिरी, अधिप श्रेष्ठ र बृजेस तामाङ रहेका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य रोशनी राई, विशेष अतिथि कोशी प्रदेश बास्केटबल संघका उपाध्यक्ष रोशन राई, सुनसरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यादव कार्की, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, युवा समाजसेवी दीपक बनेपाली, सञ्चारकर्मी रामकृष्ण खड्कालगायतको उपस्थिति रहेको थियो ।
उदघाटन सत्रमा कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले संगठनले अहिलेसम्म गरेको कार्य र आगामी योजनाको विषयमा जानकारी गराउँदै ंजिल्ला बास्केटबल संघ, सुनसरी विघटन भएको घोषणा गरेका थिए । सर्वसम्मत चयन कार्यसमितिलाई निर्वाचन मण्डल अध्यक्ष जनकऋषि राई, सदस्य दीपक वनेपाली, रामकृष्ण खडका, निर्वाचन मण्डल संयोजक रोशनी राई, सदस्य रोशन राई लगायतले अविर लगाई वधाइ तथा कार्यकाल सफलताको शुभकाना दिएका थिए ।
निर्वाचित अध्यक्ष सुवेदीको यो दोस्रो कार्यकाल हो । सुवेदीको कार्यकालमा सातौ, आठौ र नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुनसरी लगातार प्रदेश च्याम्पियन बनिसकेको छ । सुनसरीका वैभव योगि अन्डर १६ राष्ट्रिय वास्केटबल टिममा छनौट हुँदै नेपालको प्रतिनिधित्व गर्दै अन्डर १६ साउथ एशियन गेमका लागि बंगलादेश खेल्न गएका थिए ।
यसैगरी डा. आशा राई महिला राष्ट्रिय बास्केटवल टिममा पर्न सफल हुँदै १३ औ सागमा सिल्भर मेडल र प्रशिक्षक विकास चाम्लिङ राईले ब्रन्ज मेडल जित्न सफल भएका थिए । सुवेदीकै पालामा १३ औं साग तयारिका लागि नेपालको महिला पुरुष दुवै टिमको ४९ दिन धरानमा बन्द प्रशिक्षण कार्यक्रम संपन्न भएको थियो ।
यसअघि कुनै पनि खेलको राष्ट्रिय टिमको बन्द प्रशिक्षण धरानमा भएको थिएन । बन्द प्रशिक्षणमा धरानका अन्य खेलाडीहरुलाई समेत संघले सिफारिस गरी सहभागी गराएका थिए । सुवेदीले धरान बास्केटवल संघ र सुनसरी बास्केटबल संघको सहकार्य गराइ ट्यालेन्ट हन्ट बास्केटवल ट्रेनिङ क्याम्पको आयोजना गरी सय जना भन्दा बढी उदयीमान बास्केटवल खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गरी अध्यन गराइरहेको छ ।

प्रकाशित मिति: असोज ११ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend