धरानः हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले हिविस्कस क्विज मेनिया सिजन–२ आगामी पुस १३ र १४ गते अयाोजना गर्ने भएको छ ।
विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्ययनमा प्रोत्साहन गर्दै लोकसेवा आयोगको लागि पूर्व अभ्यास गर्नको लागि सहज होस् भन्ने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
आयोजकले दिएको जानकारीअनुसार धरान क्षेत्रका निजी तथा सरकारी विद्यालय गरी खुल्ला धरान नगर स्कुलस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न लागेको हो । धरानमा खेलकुद लगायतका अन्य प्रतियोगिताहरु सञ्चालन हुँदै आएपनि हाजिरी जवाफ प्रतियोगिता भने कम हुने गरेको छ ।
विद्यार्थीहरुलाई सामान्य ज्ञानको अध्ययनमा प्रोत्साहन गर्नको लागि प्रतियोगिता आयोजना गर्न लागेको स्कुलका डाइरेक्टर गंंगाराम राईले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागीताका लागि धरान क्षेत्रका नीजि तथा सरकारी विद्यालयलाई पत्रचार गरी सकेको स्कुलले जानकारी दिएको छ ।
स्कुलका निर्देशक राईका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौं हुने विजेताहरुलाई क्रमशः १२ हजार र ट्रफी मेडल, प्रमाणपत्र, १० हजार, मेडल प्रमाणपत्र ८ हजार मेडल प्रमाण पत्र, ६ हजार मेडल प्रमाण पत्र, ४ हजार मेडल प्रमाणपत्र प्रदान गरीनेछ ।
पुष १३ र १४ गते आयोजना हुने सो प्रतियोगितामा हरेक विद्यालयबाट ३ जना विद्यार्थी सहभागी हुने र त्यसमा एकजना महिला अनिवार्य हुने गरी सहभागी गराउनको लागि विद्यालयलाई पत्राचार गरिसकिएको स्कुलले जनाएको छ । यो प्रतियोगितालाई अहिलेसम्मकै नमूना र फरक बनाउन लागिएको राईको भनाई रहेको छ । यो प्रतियोगिताले लोक सेवाको तयारी गर्ने विद्यार्थीहरुका लागि थप सहज हुने पनि स्कुलको अनुमान रहेको छ ।
गत वर्ष आयोजक समेत गरेर ३२ स्कुल सहभागी भएकोमा यस वर्ष कम्तिमा ५२ स्कुल सहभागी हुने अपेक्षा गरिएको स्कुलका सल्लाहकार पवन झाले विश्वास व्यक्त गरेका छन् ।
उनका अनुसार लोकसेवा आयोग दिनका लागि पूर्व तयारी गर्न समेत सहज हुनुुका साथै हाजिरी जवाफ प्रतियोगितामा आर्कषण बढ्दै गएको झाको भनाइ रहेको छ ।