Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सासु–ससुरा स्याहार्ने उत्कृष्ट बुहारी सम्मानित

हाम्रो कोशी आवाज
असोज १५ २०८०, सोमबार
धरानमा सासु–ससुरा स्याहार्ने उत्कृष्ट बुहारी सम्मानित

धरानः जेष्ठ नागरिक मिलन केन्द्र धरानको अयोजनामा विश्व जेष्ठ नागरक दिवस सम्मान तथा चियापान कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
धरान–१२ अमन बजारस्थित केन्द्रको कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा जेष्ठ नागरिक सासु–ससुरा र परिवारलाई सम्मान र स्याहार गर्ने उत्कृष्ट बुहारीको रुपमा धरान–१६ निवासी सुनिता कार्कीलाई सम्मान गरिएको थियो । सुनिताका कार्की डेंगुको बिरामीका कारण आउन नसकेकोमा उनकी सासु राधा कार्कीलाई सो सम्मानपत्र प्रदान गरिएको थियो ।
जेष्ठ नागरिकहरुका लागि संविधानको धारामा धेरै अधिकार भएपनि व्यवहारमा अपहेलित जीवन बिताउन बाध्य भएको जेष्ठ नागरिक मिलन केन्द्रका उपाध्यक्ष पूर्व नगर प्रमुख कुमारबहादुर कार्कीले बताए । अरुको भर पर्नु भन्दा जेष्ठ नागरिकहरु नै संगठित भएर एक अर्काको लागि सहारा भएर काम गर्नुपर्ने राम्रो हुने धारण कार्कीले व्यक्त गरे । दिवसको ऐतिहासिक पृष्ठभूमि र औचित्यबारे प्रकाश पार्दै आफूहरुले प्रत्येक वर्ष विश्व जेष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँदै आएको पनि उनले बताए ।
धरान जेष्ठ नागरिक मिलन केन्द्रकी अध्यक्ष समाजसेवी सरला कायस्थले जेष्ठ नागरिकहरुको आदर सम्मान र स्वास्थ्यका लागि छोरा, बुहारी, नाति–नतिना र परिवारका सदस्यहरुलाई अभिप्रेरित गर्ने कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक भएको बताइन् । कार्यक्रम सम्पन्न गर्न कोषाध्यक्ष गंगा प्रसाद रेग्मी र सचिव कृष्ण कटुवालले सक्रिय भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा चियापन तथा छलफल कार्यक्रम समेत सम्पन्न भएको थियो । कार्यक्रमा धरानका विभिन्न क्षेत्रका जेष्ठ नागरिक तथा सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: असोज १५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend