-मोहन श्रेष्ठ
धरानः धुलिखेल समाज धरानको अध्यक्षमा सुनिल तुसुजु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । समाजको सचिवालयमा सम्पन्न कार्यक्रमा आगामी ३ वर्षका लागि छनौट भएका कार्य समितिका पदाधिकारीहरुको नाम निर्वाचन अधिकृत तथा पूर्व अध्यक्ष ललितमान तखाछेंले घोषणा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि धुलिखेल समाज काठमाण्डौंका अध्यक्ष देव मन्दिल खोजुले खदा र माला लगाई बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा सिखलापुर नामक समाजको स्मारिका पनि अनावरण प्रमुख अतिथि देव मन्दिल खोजु, पूर्व अध्यक्ष ललितमान तखाछें र अध्यक्ष युगलकुमार तखाछेंले गरेका थिए ।
कार्यक्रममा समाजको भवनको दोस्रो तलाको उदघाटन पनि गरिएको थियो । दोस्रो तलामा बनेको सेमिनार हलको उद्घाटन प्रमुख अतिथि देव मन्दिल खोजु, संस्थापक तथा पूर्व अध्यक्ष ललितमान तखाछेंले संयुक्तरुपमा गरेका थिए । साथै उक्त तलामा रहेको कार्यालय कक्षको उद्घाटन प्रमुख अतिथि तथा कार्यालय कोठाको दाता समेत रहेकी उपाध्यक्ष इन्दु खोजुले संयुक्तरुपमा गरे । कार्यालय कोठा समाजका निवर्तमान अध्यक्ष स्वर्गीय दीपककुमार कोजुको स्मृतिमा उनकी श्रीमती इन्दु कोजु समेतको सहयोगमा निर्माण गरिएको हो । कार्यक्रममा ७० वर्ष पूरा भएका समाजका सदस्य परिवारका ५ जना जेष्ठ नागरिकलाई पाइलट गोपाल स्मृति जेष्ठ नागरिक सम्मान गरिएको थियो ।
प्रमुख अतिथि तथा धुलिखेल समाजका अध्यक्ष खोंजुले समाजको एकता, सकृयता र पितृहरुप्रतिको सद्भाव अनि संस्थाप्रतिको सर्मपणका कारण छोटो समयमा ठूलो प्रगति गर्न सकेको धारणा व्यक्त गरे । धुलिखेल समाज सेवा इटहरीका निवर्तमान अध्यक्ष मिलन खोजु, उपाध्यक्ष विनोद चोच्छे, श्रेष्ठ चुकें वंशज प्रतिष्ठान नेपालका अध्यक्ष मोलामान् श्रेष्ठ अतिथि तर्फबाट शुभकामना व्यक्त गरेका थिए ।
सचिवको प्रतिवदेन मोहन गज्याजु, कोषाध्यक्षको प्रतिवेदन भिम कुमार धालाछें र महिला समतिको प्रतिवेदन संयोजक अनिता धालाछेंले प्रस्तुत गरी अनुमोदन गरिएको थियो । समाजका अध्यक्ष युगलकुमार तखाछेंले आफ्नो कार्यकालको अनुभव व्यक्त गर्दै कार्यसमितिका पदाधिकारीहरु र महिला समितिलाई मायाको चिनो प्रदान गरेका थिए ।
अध्यक्षमा सुनिल तुसुजु, उपाध्यक्षमा इन्दु कोजु र मोहन गज्याजु, सचिवमा अभिमन्यू खाछेंजु, सह सचिवमा कोषध्यक्षमा सुमन चोच्छें, प्रदिप गज्याजु, सदस्यहरुमा मेहरलाल याकार्छे, नीःल तुसुजु, अनिता धालाछें, राजेन्द्र टक्सारी, मेन कुमार ध्वजु, झलकलाल चुके, मनोज गज्याजु र अन्जु गज्याजु गरी जम्मा १५ जना निरविरोध निर्वाचित भएका छन् । कार्यक्रममा महिला समितिका संयाजक अनिता धालाछेंले आगामी कार्यकालका लागि चयन भएको महिला समितिका पदाधिकारीहरुको पनि नाम सुनाएका थिए ।
महिला समितिको संयाजकमा अन्जु गज्याजु, सह–संयाजकमा रेनु तखाछें, सदस्यहरुमा विनिता तखाछें, रसिला याकाछें, स्वास्तिका याकाछें, गीता याकाछें, लीला नेवाजु, अर्चना गणेजु, सुशिला व्यान्जु, संगीता बेंजु, खाशा धालाछें, जानुका धालाछे., मीना धालाछें, बिना लाखे, अनिता गज्याजु रहेक छन् । कार्यक्रमा नवनिर्वाचित अध्यक्ष सुनिल तुसुजुले प्रतिवद्धता मन्तव्यसहित धन्यवाद गर्दे कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा समाजका सदस्य परिवार र चेलीबेटी परिवार समेतको बाक्लो उपस्थिति रहेको थियो ।




