धरानः गायक प्रकाश सपुत र नायिका वर्षा शिवाकोटी फिल्म ‘परदेशी २’ को प्रचारमा लागेका छन् ।
यसै क्रममा उनीहरु धरान आइपुगेका छन् । धरानस्थित फ्रेन्डस सिनेमा भेटिएका उनीहरुले पत्रकारमाझ आफूहरु प्रचारप्रसारमा जोडतोडले लागेको र धरान आइपुगेका बताए ।
आगामी असोज २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ यो फिल्म । लोकप्रिय गायक नारायण रायमाझी निर्देशित फिल्मको प्रचारमा ‘डेब्यु नायक’ प्रकाश र नायिका वर्षासँगै निर्माता राजेश वंशल पनि धरान आएका हुन् ।
‘परदेशी २’ हिट फिल्म ‘परदेशी’ को सिक्वेल हो । ‘परदेशी’ले वैदेशिक रोजगारीको कथामा उठाएको थियो । अध्ययनका सिलसिलामा विदेशका राम्रो मुलुकमा जान चाहने युवाको कथा फिल्मले उठाएको प्रकाशले जानकारी दिए । फिल्ममा अध्ययनका लागि विदेशिने युवाको भूमिकामा प्रकाश सपुत छन् । गायकको रूपमा चर्चित सपुतले यसैबाट फिल्ममा डेब्यु गरेका हुन् । वर्षा सपुतको विदेशी प्रेमिकाको भूमिकामा छिन् ।





