धरानः ६८ औं प्रहरी दिवसको अवसरमा धरान–१६ स्थित भगवती आधारभूत स्कुलका विद्यार्थीलाई ब्याग र स्टेशनरी सामग्री वितरण गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बाँस्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ९० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग वितरण गरिएको प्रधानाध्यापक अच्युत पराजुलीले जानकारी दिए ।
नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले सेवा नै धर्म हो भन्ने भावनाका साथ निरन्तररुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको अध्यक्ष देवकोटाले बताइन् । कार्यक्रममा स्थानय जन प्रतिनिधीहरु, संचारकर्मीहरु, बिद्यालयका पुर्व बिद्यार्थीहरु तथा स्थानियवासीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्ल, धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराई, समाजसेवी मिना पुलामीलगायतको समेत उपस्थिति थियो ।
तस्वीरहरुः लक्ष्मण थापा

















