धरानको निशानेमा लेदोसहितको ढुंगा, माटो थुप्रिँदा साढे दुईघण्टा सडक अवरुद्ध, मिनी ट्रकको केही भाग पुरियो
धरानः धरान–भेडेटार सडक खण्ड अन्तर्गत पर्ने कोशी लोकमार्गको धरान–१३ स्थित निशाने खोला छेऊमा लेदोसहितको ढुंगा, माटो थुप्रिँदा केहीबेर सडक अवरुद्ध भएको छ ।
लेदोसहितका ढुंगा, माटो एक्कासी खस्दा प्रदेश१ख ३६७२ नम्बरको मिनी ट्रकको केही भाग पुरिएको समेत थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार भेडेटार जाँदै गरेको सो ट्रक पुरिएको हो । धरान उपमहानगरपालिकाको डोजर लगेर माटो, ढुंगा हटाइसकिएको प्रहरीले जनाएको छ । अहिले सो ट्रक निकाल्नुका साथै अवरुद्ध सडक पनि सञ्चालनमा आइसकेको छ ।