धरानः धरान-९ स्थित विष्णु मेमोरियल माविमा दीक्षान्त समारोह सम्पन्न भएको छ ।
विष्णुमा अध्ययन गर्ने विद्यार्थीहरुको ‘विष्णु स्काउट दल सोमबार दीक्षित भएको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रममा ४४ जना स्काउट विद्यार्थीलाई दीक्षित गरिएको थियो । सो विद्यालयमा १४ जना छात्रा र ८ छात्रले स्काउटको सदस्यता, ब्याज तथा स्कार्फ समेत पाएका छन् । लामो प्रशिक्षणबाट प्रशिक्षित भएपछि स्काउटका विद्यार्थीहरु समारोहमा दीक्षित भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार दोस्रो तहको बीपी ब्याज र हाइक ब्याज प्राप्त स्काउटस् छात्र १२ जना र छात्रा १० जना रहेका छन् र
सहायक प्रधानाध्यापक कृष्णप्रसाद पौडेल, प्रमुख अतिथि नेपाल स्काउट सुनसरीका समन्वय आयुक्त लक्ष्मण राईलगायतले दीक्षित गरेका थिए । दीक्षान्त समारोहमा नेपाल विश्व स्काउटको सदस्य, स्काउट सदस्यको लोगो, समेत स्काउटका विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।
स्काउट गठन भएकमध्ये विष्णुका विद्यार्थी स्काउट गतिविधिमा निकै सक्रिय, उद्देश्यअनुरुप साथै सामाजिक गतिविधिमा समेत निकै सक्रिय रहने गरेको नेपाल स्काउट सुनसरीका समन्वय आयुक्त राईले बताए ।
प्रिन्सिपल श्रेष्ठले विद्यालयमा गठित स्काउटका विद्यार्थीले विद्यालयमा हुने रचनात्मक गतिविधि साथै स्कुल बाहिर हुने सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउने बताए । यस्तै, विपदमा स्काउटले रचनात्मक काम गर्दै आएको समेत उनले बताए छ । ‘सामाजिक गतिविधिबाटै पनि धेरै कुरा सिक्न सकिन्छ, यसअघिका विद्यार्थीले धेरै सामाजिक गतिविधिमा सक्रियता देखाइसकेका छन्’, उनले भने, ‘दीक्षित विद्यार्थीले पढाइसँगै यस क्षेत्रमा पनि थप सिक्ने, बुझ्ने बुझाउनेछन् भन्ने आशा लिएको छु ।’











