धरानः धरान–१ र १६ बाट ठूलो परिणामको नियन्त्रित औषधी र ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका– १६ स्थित डेरा गरी बस्दै आएका २२ वर्षीय शेरबहादुर सुनुवारलाई स्पासपेन ३ हजार ८ सय ट्याब्लेट, ट्रमाडोल ३ हजार ९ सय क्याप्सुल, ब्राउन सुगर १ बुलेट, नेपाली २१ हजार ५०० र भारतीय २ हजार ४ सय १० रुपैयाँ नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
धरान–१ बाट ३३ वर्षीय सुशन श्रेष्ठलाई स्पासपेन ३ सय ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । औषधिसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको डिएसपी नवराज मल्लले जानकारी दिए ।
विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समूहबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो ।