Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा डिपो कपको तयारी

हाम्रो कोशी आवाज
असोज २९ २०८०, सोमबार
धरानमा डिपो कपको तयारी

धरानः ८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ ।
प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक डिपो मावि धरान–१८ ले आज सोमबार पत्रकार महासंघ सुनसरीको सभा हलमा पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
मंसिर १८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने डिपो माविका प्राचार्य राजकुमार राईले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १६ वटा टिम मात्रै सहभागी गराइने भएकाले त्यो भन्दा बढी भएमा सहभागी नगराइने र चाँडो नाम दर्ता गर्नेलाई प्राथमिकता दिने बताइएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा कक्षा ५ सम्म मात्रै विद्यार्थी र उमेरको हकमा १२ वर्षमुनिका विद्यार्थीहरुले मात्रै सहभागिता हुने पाउनेछन् । प्राचार्य राईका अनुसार ललित अम्बर डिपो कपको बिजेताले नगद ११ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ७ हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने टिमले पनि नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणप पाउने जनाइएको छ ।
प्लेट च्याम्पियनको विजेतालाई नगद ३ हजार, रनरअपलाई नगद २ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ । गत वर्षको प्रतियोगितामा ललित अम्बर डिपो कपमा धरान १३ को नेपाल प्रहरी स्कुल च्याम्पियन भएको थियो भने इष्टर्न एजुकेस्नल एकेडेमी धरान–१७ उपविजेता र धरान लिगामेन्ट स्कुल धरान–१६ तेस्रो भएको थियो ।
तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: असोज २९ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend