धरान: सियोन स्कुल धरान–१६ ले मिस प्रोभिन्स आइडल–२०२३ का विजेता माङ्सेमी लिम्बूलाई सम्मान गरेको छ ।
१६ प्रतिस्पर्धीलाई उछिन्दै कक्षा–११ मा अध्ययनरत छात्रा माङ्सेमी लिम्बुले मिस प्रोभिन्स आइडल–२०२३ दोस्रो संस्करणको ताज पहिरिन सफल भएकी हुन् । उनले मिस ट्यालेन्टको उपाधि पनि हात पारिन् । यसै स्कुलमा अध्ययनरत कक्षा–११ का छात्रा निवासा लिम्बू, आयुसा श्रेष्ठले क्रमशः मिस फोटोजेनिक, मिस फ्रेन्डली उपाधि हात पार्न सफल भए ।
यसैगरी कक्षा–१२ का छात्रा एन्जिला तामाङले वेस्ट वाक उपाधि प्राप्त गरिन् । यी चारैजना विद्यार्थीलाई स्कुलका प्राचार्य खड्गबहादुर थापा मगर, सहप्राचार्य राकेश चौधरी, लेखा प्रमुख एल्कन थापा मगरद्वारा बधाई तथा सम्मान प्रदान गरिएको थियो ।
‘सियोनले जुन सफलता प्राप्त गरेको छ, यो सफलताका लागि सबै प्रतियोगी विजेताहरूलाई बधाई तथा उज्वल भविष्यको हार्दिक शुभकामना ।’ प्राचार्य मगरले भने । प्रतियोगिताको ग्राण्ड फिनाले असोज २७ गते शनिबार धरानस्थित शिक्षा सदनको सभाहलमा सम्पन्न भएको थियो भने कार्यव्रmमको आयोजना ड्रिम्स एम प्रोडक्सन प्रा.लि. गरेको हो ।



