Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पर्यटन क्षेत्रले आश जगायो, नेपाल आएका पर्यटकको संख्या हालसम्मकै उच्च

हाम्रो कोशी आवाज
कार्तिक १६ २०८०, बिहिबार
पर्यटन क्षेत्रले आश जगायो, नेपाल आएका पर्यटकको संख्या हालसम्मकै उच्च

धरानः पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक भएको छ । सन् २०२३ अक्टोबर महिनामा नेपाल आएका पर्यटकको सङ्ख्याले रेकर्ड बनाएको हो ।
पर्यटन बोर्डका अनुसार हवाई मार्गबाट अक्टोबर महिनामा १ लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन् । यो एक महिनामा नेपाल आएका पर्यटकको संख्या हालसम्मकै उच्च हो । सन् २०२२ को सोही अवधिमा ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा १ लाख १३ हजार ८१६ पर्यटक नेपाल आए ।
अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८०, अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २१७, चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९११, फ्रान्सबाट ५ हजार २७१, बङ्गलादेशबाट ४ हजार २९२, श्रीलङ्काबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ पर्यटक नेपाल आएका छन् ।
तथ्याङ्कअनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा ८ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन् ।

प्रकाशित मिति: कार्तिक १६ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend