Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आज सविन राईको लाइभ कन्सर्ट र देउसी भैलो

हाम्रो कोशी आवाज
कार्तिक २८ २०८०, मंगलबार
धरानमा आज सविन राईको लाइभ कन्सर्ट र देउसी भैलो

धरानः लोकप्रिय पप–रक गायक सविन राईका गीत भनेपछि हरेकजसो युवापुस्ता मन्त्रमुग्ध हुन्छन् । अन्य उमेर समूहका लागि पनि उनी उत्तिकै प्रिय मानिन्छन् । उनलाई दर्शकले गृहनगरमा प्रत्यक्ष देख्न, भेट्न र सुन्न नपाएको पनि निकै समय भइसकेको छ ।
गृहनगरमा सविनको क्रेज अझै घटेको छैन, लामो मौनता तोड्दै आज मंगलबार उनै गायक सविन राई धरानका फ्यानहरुमाझ आफ्नो ब्याण्ड द फराओको साथ झुल्किने भएका छन् । धरान–१४ हात्तिसारस्थित स्थानीय पर्यटन, परिकार, कला र व्यापार प्रवद्र्धनको निम्ति आयोजना गरिएको धरान फुड फेस्टिबलमा उनले प्रस्तुति दिने भएका हुन् ।
साँझ ६ बजेबाट शुरु हुने कार्यक्रममा उनी सहभागी भएर नयाँ, पुराना चर्चित गीतहरु पस्किने आयोजकले जनाएको छ ।
धरानलाई कर्मथलो बनाएका उनका ‘गुँरासको फेदमुनि’, ‘म संसार जित्ने आँट’, ‘सुन्दरताको तिमी नमुना हौ’ जस्ता गीत अत्याधिक रुचाइएका छन् । सन् २००१ मा उनले पहिलो एल्बम बजारमा ल्याएका थिए । यद्यपि यो अपेक्षित रुपमा चलेन । सन् २००३ मा ‘सतह’ नाम एल्वम निकाले जसमा समेटिएका गीतले सविन राईलाई स्रोतामाझ चिनायो । ‘सतह’ एल्बमले उनलाई जुन सफलता दिलायो, त्यसैका कारण आजसम्म पनि सविन राईलाई संगीतप्रेमीमाझ सर्वप्रिय छन् ।

प्रकाशित मिति: कार्तिक २८ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend