Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलका विद्यार्थी माछा तथा कुखुरापालनबाट केही सिक्दै

हाम्रो कोशी आवाज
मंसिर १२ २०८०, मंगलबार
धरानको विष्णु स्कुलका विद्यार्थी माछा तथा कुखुरापालनबाट केही सिक्दै

धरानः शैक्षिक सिकाइलाई उपलब्धिमूलक बनाउन धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले शैक्षिक भ्रमणको आयोजना गरेको छ । विद्यालयका प्लस टु का विद्यार्थी माछा तथा कुखुरापालनको शैक्षिक अवलोकन भ्रमण गरेका हुन् ।
विद्यार्थीले सुनसरीको इटहरी तरहरास्थित राष्ट्रिय कृषि तथा अनुसन्धान निर्देशनालयमा रहेको मत्स्य तथा कुखुरापालनसम्बन्धी ज्ञान लिएको प्लस टु कोअर्डिनेटर नविन शाक्यले जानकारी दिए । सो स्थानको व्यवहारिक अध्ययन एवं अवलोकनका लागि विद्यालयले शैक्षिक भ्रमणको आयोजना गरेको हो । शैक्षिक सिकाइलाई उपलब्धिमूलक बनाउन विद्यार्थीलाई भ्रमण गराइएको उनले जानकारी दिए ।
पाठ्यपुस्तकको सैद्धान्तिक विषयलाई व्यवहारिक सिकाइका लागि शैक्षिक भ्रमणको आयोजना गरिएको उनको भनाइ छ । ‘विशेषतः पाठ्यपुस्तकको सैद्धान्तिक विषयलाई व्यवहारिक सिकाइमा परिणत गर्न कक्षा–१२ विज्ञान समूहको जीव विज्ञान (बायोलोजी) विषयमा पाठ्यक्रममा समावेश भएअनुसार मत्स्यपालन तथा कुखुरापालनसँग सम्बन्धित कुराको अध्ययन गर्न साथै सम्बन्धित विषयका विज्ञहरुबाटै नै जानकारी तथा अध्ययन गर्न स्थलगत भ्रमण गराइएको हो ।’, उनले जानकारी दिए ।
जीवनलाई अनुभवहरुको सङ्गालो पनि भनिन्छ । अनुभवहरुबाट आफ्ना अनुभूतिहरुलाई निखार्दै अगाडि बढ्नका लागि भ्रमण अत्यन्तै महत्वपूर्ण भएको उनको भनाइ छ । ‘भ्रमण भन्नेवित्तिकै घुम्ने काम वा घुमाई भन्ने बुझिन्छ । सुनेर जानकारी हुन्छ, देखेर विश्वास गरिन्छ र गरेर मात्र सिकिन्छ भन्ने धारणा अनुकुल गरिने शैक्षिक भ्रमण पनि एउटा सिक्ने प्रक्रिया हो भन्ने कुरा विद्यालयले बुझेको छ । उनले थपे ।

प्रकाशित मिति: मंसिर १२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend